पहिलो ‘द भ्वाईस अफ नेपाल’ सिडी, गायन अनि संगीतका एक अथक यात्री



०१ पौष २०७५, काठमाडौं

वेन हाईजिङ्गा भन्छन् ‘धेरैले सफलता प्राप्त गर्ने सपना देखिरहेका हुन्छन् । र, केही विहानै उठ्छन् र आफ्नो सपनालाई सफलतामा बदल्न थाल्छन् ।’

हो वास्तवमा सफलता भनेको आफै भेट्न आउँदैन । यसलाई हामीले आफ्नो बुद्धि र बिबेकले तान्नुपर्छ । , आकर्षित गर्नुपर्छ । तर, यसो भनिरहँदा यसलाई प्राप्त गर्ने एउटै मात्रै बाटो पनि छैन । यसलाई विभिन्न माध्यमबाट प्राप्त गर्न सकिन्छ । कुरा यत्ति, धैर्यवान् बन्नु भने अवश्य पर्छ ।

मानिस असफल हुनु सफल हुनुलाई हो ।

मेहनत गर्ने सबैले एक न एक दिन सफलतालाई आफ्नो बसमा पारेरै छोड्छन् । विभिन्न कार्यबाट अनि धेरै तरिकाबाट, मात्र फरक यत्ति हो, कसैले जीवनमा छिट्टै प्राप्त गर्छन् त कसैले विस्तारै ।

अवश्य पनि प्राप्त हुनु चाहीँ हुन्छ । एकै दिनमा नहोला, तर एक दिन भने अवश्य हुन्छ । यसको मतलब हो, जीवनमा कडा परिश्रम गरियो भने मेहनत एक दिन अवश्य प्राप्त हुन्छ । जो धैर्यवान् अनि मेहनती छ ।

कडा परिश्रमको बावजुद सफलतालाई आफ्नो हातका पार्न एक सफल ब्यक्ति हुन्–सिडी विजय अधिकारी : सिडी विजय अधिकारी,
नेपालकै सबैभन्दा ठुलो गायन रियालीटी शो ‘द भ्वाईस अफ नेपाल’ पहिलो विजेता,

त्यो एक यस्तो एक सफलता हो । जहाँ इतिहाँसका कुरा लोकप्रियताका कुरा अनि ब्यक्तित्वका कुरा जोडिन्छ । पोखराको हरियाली, पाखा, पखेरा अनि त्यो मनै मुग्ध पार्ने ठाँउमा जन्मिएका उनी अहिले एक नेपाली संगीतका अथक श्रष्ठा अनि साधक बनेका छन् ।

हुने विरुवाको चिल्लो पात भनेझैं उनका कला त थियो नै त्यसमा पनि पछि साधना भएपछि त सुनमाथि सुगन्ध नै भयो । त्यसपछि एक पछि अर्को चाहनाहरुलाई पुरा गर्दै जाने उनमा धोको त अवश्य पनि थियो नै ।

जन्मदै उनमा भएको त्यो महत्वकाक्षांलाई साकार पार्ने क्रममा उनी साँच्चीनै अहिले आएर एक कुशल गायक तथा संगीतकार त बन्ने नै भए ।
त्यसैले भनिएको हो । कहिल्यै हार नमान्नेहरुले ल्याएका नतिजाको नामनै सफलता हो, भनेर

 

त्यहीँ उनको कला अनि साधनको एक देन हो । अहिले उनी यो स्थानमा आसिन हुनु । आज नेपालमा सिडी विजय अधिकारीले पनि एक सफलता नामक एउटा सुन्दर नतिजा हामीमाझ ल्याएका छन् ।

केही महिना अगाडी सुरु भएको नेपालकै ठुलो रियालीटी शो ‘द भ्वाईस अफ नेपाल’ लाई धेरै दर्शकहरुले पनि रुचाएका थिए । ‘द भ्वाईस अफ नेपाल’ एउटा यस्तो प्लेटफर्म हो, जहाँ ४ कोचेजहरु अनि हजारौं प्रतिस्पर्धी, एकै ठाँउ झुम्मिन्थे ।

अब एउटा जनरल नलेजको प्रश्न खडा गर्ने बेला आएको छ । नेपालको पहिलो ‘भ्वाईस अफ नेपाल’ को हो ? भनेर, प्रश्नको उत्तरमा आउने छ, पक्कै पनि सिडी विजय अधिकारी, भनेर

गायन अनि संगीतका एक अथक यात्री अनि एक श्रष्ठा, सिडी, अबको दिनमा पनि झनै दमदारपनासँगै नेपालीहरुको मनमनमा अनि प्रत्येकको मस्तिष्कमा बस्ने एक सच्चा साधक हुन् ।

जो पहिलो सांगीतिक आकाशमा विस्तारै उडिरहन्थे, तर, अहिले उनको पखेटा झनै दह्रो भएको छ, झनै फराकिलो भएको छ ।
त्यसैले !

उनी अबको पुस्ताका लागि प्रेरणाका स्रोत बनेका छन् भने, लिगेन्जहरुका लागि प्यारो !!

प्रतिक्रिया दिनुहोस्