नेपाली भाषा बोल्दै सैफ अली खानकी छोरी साराले पठाइन् नेपालीलाई यस्तो म्यासेज (भिडियो सहित)



०१ पुष २०७५, काठमाडौँ

सारा  अली खान बलिउडका चर्चित अभिनेता सैफअली खानकी जेठी श्रीमतीकी छोरी हुन् । उनले चलचित्र केदारनाथ बाट बलिउडमा प्रवेश गरेकी हुन् । उनको चलचित्र यतिबेला हलहरुमा निकै भव्यताका साथ प्रदर्शन भैरहेको छ ।

विशेषगरी चलचित्र केदारनाथ लाई नेपाली दर्शकले अत्याधिक रुचाएका छन् । अधिकांश नेपाली दर्शकले चलचित्रमा साराको भूमिका र उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । सारा अली खानले नेपालमा आफ्नो चलचित्रलाई दर्शकबाट निकै माया मिलेपछि ट्युटरमार्फत् नेपालीलाइ एक विशेष म्यासेज पठाएकी छिन् ।

यतिबेला साराले पठाएको म्यासेजले निकै चर्चा पाइरहेको छ । उनले उक्त म्यासेजको सुरुमा हेलो, नमस्ते नेपाल कस्तो हुनुहुन्छ भन्दै नेपाली भाषा बोलेकी छिन् । त्यतिमात्र नभएर उनले आफ्नो चलचित्रलाई यतिधेरै रुचाइदिनु भएकोमा सम्पूर्ण नेपालीलाई निकै धन्यवाद दिएकी छिन् । उक्त म्यासेजबाट धेरैले साराको प्रशंसा गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्