थुलुङ राई भाषाको ‘नाम्स्योर थुलुङ बोक्छेम’ प्रकाशित



०१ मंसिर २०७५, काठमाडौं

किराँतीभित्रको एक समुदाय थुलुङहरुको ‘नाम्स्योर थुलुङ बोक्छेम’ सजिलो थुलुङ ब्याकरण प्रकाशित भएको छ । थुलुङहरुको जानकार ब्यक्ति तथा सच्चा थुलुङ भाषाका एक अग्रणी ब्यक्ति पाँचबिर राईद्वारा लिखित तथा भाषाविद् शुक्रराज राईको प्राज्ञिक परामर्शमा लेखिएको ‘बोक्छेम’ २८ गते लोकार्पण गरिएको हो ।

काठमाडौं कोटेश्वरस्थित सुम्निमा हलमा सम्पन्न गरिएको कार्यक्रममा थुलुङहरुको भाषामा लेखिएको ब्याकरण लोकार्पण गरिएको हो ।
आधिकारिक रुपमा पहिलो पटक प्रकाशित भएको थुलुङहरुको बोक्छेमभित्र विभिन्न ब्याकरणात्म विषय तथा तथ्यहरुलाई समेटिएको लेखक पाँचबिर राईले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी थुलुङ गाँउपालिकाका अध्यक्ष असिम राईले यस किसिमको कार्यलाई सरकारले नै हेर्नुपर्ने बताएका छन् ।

त्यसैगरि कार्यक्रम सभापति निर्कुधन राईले ‘थुलुङहरुको कामलाई प्रोत्साहन गर्दै, यस्तो कार्य थुलुङहरुले मात्र नभएर अरु जाती तथा भाषीहरुले पनि गर्नुपर्ने बताएका छन् ।’ उनले थपे, ‘पहिचान गुम्नु भनेको आफै हराएर जानु हो । 

यसर्थ हामी सबैले यस किसिमको कार्य गर्नुलाई पनि प्रेरित गर्नुपछ ।’

यसअघि नै कक्षा १ को (हालाम–को) पाठ्यक्रम प्रकाशन गरि पढाई पनि सुरु गरिसकेको थुलुङले ब्याकरण भने भर्खरै प्रकाशनमा ल्याएको हो ।

कार्यक्रममा थुलुङहरुको कला, भाषा, संस्कृति तथा परम्परा झल्किने पोशाकमा थुलुङ तथा गैर–थुलुहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्