कपन प्रहरी प्रभागद्वारा आठ हजार लिटर अवैध मदिरा नष्ट (भिडियो सहित)



२८ मङ्सिर २०७५, काठमाडौँ

महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द र कपन प्रहरी प्रमुख मिन बहादुर कुँवरको संयुक्त टोलीले बूढानीलकण्ठ १० कपनमा आठ हजार लिटर अवैध मदिरा नष्ट गरेका छन् ।

अवैध मदिरा नष्ट गरिएको भिडियो :

कपन शिव मन्दिर नजिकै जग्गा भाडामा लिई अवैध घरेलु मदिरा उत्पादन गरी विक्रि वितरणका लागि ७ वटा टहराबाट तयार पारिएका अवैध तयारी मदिरा १८ सय लिटर र कच्चा पदार्थ ६२ सय लिटर नष्ट गरिएको छ ।

डिएसपी चन्द सहितका ४० जना प्रहरी परिचालन गरी चेकजाँच गर्ने क्रममा उक्त परिणाममा अवैध मदिरा फेला परेको थियो । बरामद गरिएको अवैध मदिरा वडा प्रतिनिधि, स्थानीय बासिन्दा र संचारकर्मीको रोहबरमा सोही स्थानमा ढलाई पोखाई नष्ट गर्दा मदिराको खोला नै बगेको देखिन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्