गोल्डेन पुलले विश्वको ध्यान तान्दै (भिडियो सहित)



भियतनामको विशाल गोल्डेन पुलले यतिबेला विश्वका आम मानिसको ध्यान खिचिरहेको छ ।

उक्त पुल अड्याउन धेरै पिलरको प्रयोग गरिनुका साथै हातलाई ढुंगाको रङले रंग्याइएको छ भने प्राकृतिक देखाउन हातमाथि घाँससमेत उमारिएको छ । अत्यन्तै आकर्षक एवं विश्वास गर्नै गाह्रो हुने उक्त पुलको लम्बाइ एक सय ५० मिटर छ । १४ सय मिटरको उचाइमा रहेको पुलबाट पहाड र जंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

गोल्डेन पुललाई हेर्न अघिल्लो वर्ष मात्रै २.५ करोड पर्यटक आएका थिए भने यसलाई मानवीय सोच र कला अनुपम उदाहरणको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्