दिनहुँ निकासी, कहिलेकाहीँ नियन्त्रणः ३० वटा गाईगोरुसहित समातियो ट्रक



२८ मंसिर २०७५,  हेटौंडा

इलाका प्रहरी कार्यालय हेटौंडा पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोस्टको सडकखण्डमा सवारीसाधन रोकी चेक गर्ने क्रममा ३० वटा चौपायासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

गाईगोरुलाई अपनाउनुपर्ने सावधानी नअपानई पशुचौपाया ढुवानी मापदण्ड २०६४ विपरीत हुने गरी ढुवानी गरेको पाइएकाले तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्