लेभीको इपिएलमा आगमन, पोखराको खुसीपन, लेभीको शतक, पोखराकै लक, दर्शकलाई चटक,



२७ मंसिर २०७५, काठमाडौं

‘रिचर्ड लेभी’ जो विश्व क्रिकेटका एक अद्भुत कलाका ज्ञाता हुन् । विश्व क्रिकेटमा धेरै दशक एकछत्र राज गरेका लेभीलाई क्रिकेटका लिगेन्ज खेलाडीका रुपमा लिने गरिन्छ ।

विश्वका धेरै देशहरुमा खेलिसकेका उनी अहिले नेपालमा भईरहेको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ब्यस्त छन् । पोखरा राइनोजबाट आफ्नो कलालाई दर्शकसामु प्रदर्शन गरिरहेका लेभी पोखराका जितको सार बनेका छन्, भने दर्शकका लागि उपहार बने ।

विश्व क्रिकेटमा लामो समयसम्म चम्किरेहका उनको ब्राईटनेस अझै नघटेको हामी पाउँछौं । विश्व क्रिकेट जगतमा एक हस्तीका रुपमा परिचित उनले क्रिकेटमै विभिन्न रेकर्डहरु राखेका छन् ।

३१ वर्षीय लेभी पिएल खेल्ने सबैभन्दा ठुलो खेलाडीका रुपमा पनि हेरिने गरिन्छ । रिसेन्ट टाईममा नेपाल किर्तिपुरमा आयोजित एभरेष्ट प्रिमियर लिगमा ब्यस्त उनी नेपालीहरुसमक्ष पनि झनै सु–परिचित बन्दै आफ्नो क्रिकेट यात्रालाई कन्टिनीउ गर्दै अघि बढिरहेका छन् ।

जहाँ उनले २० ओभरमा ५ विकेट गुमाउँदै २१५ रनको योगफल तयार पारे । यो नेपाको इतिहाँसमा ठुलो योगदान हो ।

भैरहवासँगको खेलमा उनमा सो नतिजालाई पछ्याई आफ्नो कलाको सक्कली रुप दर्शकसामु देखाएका थिए । उनका यस्ता खालका रेकर्डहरु प्रशस्तै हामी पाउँन सक्छौं ।

सन् २०१२ मा न्युजिल्याण्डसँगको खेलमा ४५ बलमै शतक बनाउँदै टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो शतक बनाउने खेलाडी बनेका थिए ।

सफलता भनेको सिजनल हुन्छ । सधैं रहिरहँदैन, त्ससैले उनको त्यो सफलतालाई दक्षिणी अफ्रिकाकै डेभिड मिलरले तोडे । त्यसैबेला लेभीले १३ छक्का प्रहार गरेका थिए ।

जुन सो समयमा एकै टि–२० ईनिङ्समा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का थियो । एक पछि अर्को सफलतालाई पछ्याईरहेका उनी विश्व क्रिकेट यात्रामा अझै थाकेका छैनन् ।

आईपिएल मात्रै ६ खेलहरुलाई नियालीसकेका लेभी विश्व क्रिकेटका एक अद्भुत कलाका साधक हुन् । १३ टी–२० अन्तराष्ट्रिय खेलको अनुभवी लेभीको नाममा १४१.३१ को विष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ ।

क्रिकेटलाई नै प्रोफेसनका रुपमा समालिरहेका लेभी इंग्याण्डको काउण्टी क्रिकेटमा १९८ खेल खेलिसकेका छन् । जहाँ उनको नाममा ५०७० रन कलेक्सन भएका छन् ।

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग नेपालमा चलिरहँदा लेभीले देखाएका चटकले नेपाली दर्शकलाई फिदा नै बनाएका छन् ।

छक्का नै छक्काको वर्षा बनाएका उनले अहिले पनि पोखरालाई राम्रो नतिजाको मुखतिर लान सघाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्