संवैधानिक परिषद्वारा प्रधानन्यायाधीसमा जबरा सिफारिस



२७ मंसिर २०७५, काठमाडौं

सर्वोच्च अदालतका प्रधानन्यायाधीसका लागि संवैधानिक परिषद्ले चोलेन्द्र शमसेर जबरालाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को बिहिबार (आज) बसेको बैठकले जबरालाई नियुक्त गर्न सिफारिस गरेको हो । हालका प्रधान्यायाधीस ओमप्रकाश मिश्रले आगामी पौष १७ गते उमेर हदका कारण अवकाश पाउने भएपछि भावी प्रधान्यायाधीसमा जबरालाई सिफारिस गरिएको हो ।

सर्वोच्च अदातलमा एक प्रधान्यायाधीसले अवकाश पाउनु १ महिना अगावै अर्काे प्रधानन्यायाधीसको सिफारिस हुनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुरुप आज परिषद्ले जबरालाई नियुक्तका लागि सिफारिस गरेको हो ।

यसअघि बसेको परिषद्को बैठक निष्कर्षबिहिन टुङ्गिएको थियो । प्रतिपक्ष दलका नेता शेर बहादुर देउवा बैठकबाट बाहिरिएपछि सो बैठक निष्कर्षबिहिन टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस्