संवैधानिक परिषद्को बैठक आज साँझ बस्दै, भावी प्रधान्यायाधीसमा चोलेन्द्र शमसेरकै सम्भावना



२५ मंसिर २०७५, काठमाडौं

संवैधानिक परिषद्को बैठक आज साँझ बस्दै छ । विहान ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेको लागि सारिएको बताईएको छ ।

गत १७ गते प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा छिट्टै बैठकबाट बाहिरिएपछि बैठक निश्कर्षबिहिन टुङ्गिएको थियो ।

हालका प्रधान्यायाधीस ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पौष १७ गते अवकाश पाउने भएपछि सो बैठक बस्नुपरेको हो । भावी प्रधान्यायाधीसका लागि दिपकराज जोशी तथा चोलेन्द्र शमसेर जबराको नाम संवैधानिक परिषद्मा पठाईसकिएको छ । दुई जनामध्ये १ जना प्रधान्यायाधीसमा सिफारिस हुने छन् ।

जसमा दिपकराज जोशीको नाम संवैधानिक परिषद्ले अस्वीकृत गरिसकेको छ । यो अवस्थालाई नियाल्दा भावी प्रधान्यायाधीसको संज्ञा चोलेन्द्र शमसेर जबरालाई जान्छ ।

प्रतिक्रिया दिनुहोस्