थुलुङ दुधकोशी गाँउपालिका केन्द्रमा प्रहरी चौकी स्थापना



२५ मंसिर २०७५, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिकाको केन्द्र मुक्लिमा पहिलो पटक प्रहरी चौकी स्थापना भएको छ । गाँउपालिका केन्द्र मुक्लिमा प्रहरी चौकी स्थापना भएसँगै दुधकोशी गाँउपालिका पहिलो प्रहरी चौकी राख्ने गाँउपालिका समेत बनेको छ ।

यसअघि नै लक्ष्मी बैंकको शाखा समेत विस्तार भईसकेको गाँउपालिकामा निकट भविष्यमै सुविधा सम्पन्न अस्पतालसमेत निर्माण हुने भएको छ । गाँउपालिका केन्द्र मुक्लिमा सहायक निरिक्षक चन्द्रबहादुर राजवंशी लगायत अन्य ५ जना प्रहरी जवानहरुलाई खटाईएको बताईएको छ ।

७ गाँउपालिका तथा १ नगरपालिका गरि ८ स्थानीय तह भएको सोलुखुम्बुमा थुलुङ दुधकोशी गाँउपालिकाले नमुना गाँउपालिका बन्ने हेतुले धेरै भन्दा धेरै कामहरुलाई निर्धारित समयभित्र नै गरिरहेको गाँउपालिका अध्यक्ष असिम राईले बताएका छन् ।

अरु गाँउपालिकाभन्दा छुट्टै गाँउपालिका भएको त्यहाँका स्थानीय बासीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्