इपिएलको उपहार, सरुनलाई ५० हजार



२५ मंसिर २०७५, काठमाडौं

गोरखाका एक युवकले एक हातले बल समात्दै ५० हजार जितेका छन् । काठमाडौं बसि अस्कल कलेजमा आइटी पढिरहेका उनले हिजो सोमबार इपीएलमा एक हातले बल समात्दै ५० हजार जितेका हुन् ।

साथी साथीको हलैलहैमा इपीएल हेर्न पुगको उनले हिजो सबैलाई चकित पार्ने काम गरेका हुन् । पोखरा राइनोज तथा भैरहवा ग्याडियार्सबीचको खेलमा उनले एक हातले बल समाएर सो पपुलारिटी कमाएका हुन् ।

सरुन भट्ट नाम गरेका उनले कस्तो महसुस भईरहेको छ ? भन्ने पत्रकारको प्रश्नमा ‘समात्छु नै भनेर चाहीँ आएको थिँन, तर, त्यत्तिकै समाउन पुगेछु भनेर उत्तर दिए।’

उनको त्यो क्याचलाई लिएर केही छिन विवाद पनि भएको थियो । तर, पछि भिडियो क्लिपहरुलाई रिप्ले गरेपछि उनले एक हातले बल क्याच गरेकै हो भन्ने कन्फम भएको थियो ।

त्यसपछि भने उनले ५० हजार पाउने पक्का भएको हो । दक्षिण अफ्रिकी खेलाडी लेभीले प्रहार गरेको बललाई उनले समाउँदै सो पपुलारिटीसँगै कमाई पनि गरेका हुन् ।

सो पुरस्कार एक्पर्ट एजुकेसन एन्ड भिजा कन्सल्टेन्सीले प्रायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्