७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, डा. भट्टराईको ट्वीट हेर्न हुने कि विबश ?



२४ मंसिर २०७५, काठमाडौं

आज ७० औं मानव अधिकार दिवस मनाईएको छ । सो अवसरमा देशभर मानव अधिकारसम्बन्धि विभिन्न कार्यक्रम गरि नेपालमा पनि मानवअधिकार दिवसलाई मनाईएको छ ।

मानव अधिकार सबै मानिसहरुले केबल मानव भएको नाताले पाउनुपर्ने अधिकार हो ।

यसभित्र जीवन जिउने अधिकार, सम्पत्ति माथिको अधिकारजस्ता १२ छुट्टाछुट्टै अधिकारहरु पर्दछन् । यससम्बन्धि करिब ७ वटा संघसंस्थाहरुले विशेष किसिमको काम गर्ने गर्दछन् ।

तर, पछिल्लो समयमा नेपालको अवस्था हेर्ने हो भने, आम–नागरिकहरुलाई मावन अधिकारको कमी भएको महसुस गर्न सकिन्छ । यही सिच्युएसनलाई आजको ७० औं मानव अधिकारको सबैमा शुभकामना ब्यक्त गर्दै पुर्व–प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पनि विशेष ट्वीट गरेका छन् ।

उनले करिब ४ महिना बलात्कारपछि हत्यामा भएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई कोड गर्दै सो ट्वीट गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाई रहँदा नबिर्सौ बलात्कार तथा हत्याजस्तो जघन्य अपराध र मानव अधिकार उल्लघंन अर्को हुन सक्दैन, निर्मला पन्तलाई न्याय दिलाउन राज्य र गैरराज्यले यो दिवस मनाएर सामाजिक सञ्जाल रंग्याएर औपचारिकता पुरा गर्नुको कुनै अर्थ रहन्न ।’

प्रतिक्रिया दिनुहोस्