७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१८ भव्यताका साथ सम्पन्न (फोटो फिचर)



२४ मंसिर २०७५, काठमाडौँ

‘समानता, न्याय र मानव मर्यादाको लागि जुटौ’ साथै ‘दिगो विकास र मानव अधिकार: नेपालीको मूल सरोकार’ भन्ने मुल नाराका साथ ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१८ सम्पन्न भएको छ ।

काठमाडौँको भृकुटी मण्डपबाट शुरु गरिएको प्रभातफेरी भद्रली, शहिद गेट, सुन्धारा, न्युरोड गेट हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार हनन् कर्तामाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए ।

कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरूले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका थिए । उनीहरूले महिला हत्या, हिंसालगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरूले द्वन्द कालका पीडितलाई न्याय दिन ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिएका छन् । उनीहरूले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन आह्वान गरेका थिए ।

प्रभातफेरी कार्यक्रममा विभिन्न १४४ भन्दा वढी संघसंस्था तथा महासंघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्