एनआरएनए नाइजेरियाको अध्यक्षमा विश्वास पौडेल



२३ मङ्सिर २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघ नाइजेरियाको राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा विश्वास पौडेल नियुक्त भएका छन् । एन सि सि नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नाइजेरिया छाडी नेपाल बसाइ सर्न लागेकोले बाँकी कार्यकालको लागि विश्वास पौडेललाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेलले यस अघि पनि संघको उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।

एन.सि.सि.नाइजेरियाका अध्यक्ष जनक बिष्टको सभापतित्वमा लेगोसमा सम्पन्न एन.सि.सि. नाइजेररयाको कार्य समिति बैठकले ८ डिसेम्बर २०१८ का दिन उक्त निर्णय गरेको हो । उक्त बैठकमा अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष हिक्मत गापा, महिलाला उपसयोजक मन थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिति रहेको थियो ।

सो बैठकले यही डिसेम्बर २९–३०, २०१८ मा युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाँच सय सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समितीले सम्पन्न गर्न लागेको जानकी मन्दिर, उज्यालो परियोजनाका लागि नाइजेरिया बाट सहयोग जुटाउन सचिव अभिषेक मान सिंहलाई संयोजक तोकिएको छ ।

यस अघि एनआरएनएको अन्तर्राष्ट्रिय समितिको एक एनसीसी परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सुनसरी र रसुवामा पाँच वटा जिल्लामा परियोजना सम्पन्न गरिसकेको एनसीसीले अब छैटौं परियोजना नेपालको अको नयाँ जिल्लामा यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्