रग्बी विश्वकपको ट्रफी आज काठमाडौंको टुडिखेलमा



२२ मंसिर २०७५, काठमाडौं

सन् २०१९ को सेप्टेम्बरमा जापानमा हुन लागेको रग्बी विश्वकपको ट्रफी अहिले नेपालको टुरको क्रममा छ ।

जसअन्तर्गत आज काठमाडौंको टुडिखेलमा पदर्शनी गरिएको छ । यसअघि नेपालको प्रमुख स्थानहरु बौद्धनाथ, पशुपतिनाथ, पाटन दरबार स्क्वायर तथा विश्वको सर्वोच्च स्थानमा पर्ने कालापत्थरमा समेत टुर गराईएको थियो ।

अमेरिकी फुटबलको नामले समेत चिनिने खेल रग्बी ट्रफीको आजको प्रदर्शनीमा प्रमुख अतिथीको रुपमा उपस्थिती जनाउने उपराष्ट्रपति नन्द बहादुर पुनले नेपामा यस्तो ट्रफीको टुर हुनु भनेको नेपालको गौरब भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्