विवाहको निम्तो दिन सुनिलको घर पुगे कपिल



२० मङ्सिर २०७५, काठमाडौं

भारतीय कमेडियन कपिल शर्मा यही डिसेम्बर १२ मा आफ्नी प्रेमिका गिन्नीसँग विवाह बन्धनमा बाँधिदै छन् ।  अहिले उनी धमाधम विवाहको निम्तो बाड्न व्यस्त छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कपिलले सुनील ग्रोबरलाई पनि विवाहको निमन्त्रणा गरेका छन् । उनी आफ्नो विवाहको निम्तो दिनका लागि सुनीलको घरमा पुगेका थिए भने सुनिलले पनि उनको विवाहमा आउने बाचा गरेका छन ।

केही समय अघि अष्ट्रेलियाको शो सकेर फर्कने क्रममा यि दुईको विवाद भएको थियो । जसको कारण कपिल शर्माको चर्चित शो द कपिल शर्मा नै बन्द हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्