कम्बोडियाली प्रधानमन्त्री भियतनाम भ्रमणमा



 १८ मंसिर २०७५, हनोइ

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आगामी बिहीबारबाट भियतनामको भ्रमण गर्न लाग्नुभएको छ ।

भियतनामका प्रधानमन्त्री नुएन छुआन फुकको निमन्त्रणामा भियतनामको तीन दिने भ्रमण क्रममा हुन सेन त्यसतर्फ जान लाग्नुभएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

कम्बोडिया र भियतनामबीच सन् १९६७ मा कुटनीतिक सम्बन्ध कायम भएयता दुई देशबीच नियमित रुपमा उच्चस्तरीय भ्रमण हुने गरेको दैनिक समाचारपत्र भियतनाम न्युजले जानकारी दिएको छ ।

प्रधानमन्त्री हुन सेनले भियतनामी कम्युनिष्ट पार्टीका महासचिवलगायत सरकारी अधिकारीहरुसँग शुक्रबार भेटवार्ता गर्नुहुने भियतनाम विदेश मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्