प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा श्रीराम दाहाल



१७ मंसिर २०७५, काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल कागेश्वरी मनोहरा नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले श्रीराम दाहालको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ ।

शुक्रबार थलीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा जीतबहादुर बस्नेत, सचिवमा विनोद चुडाल, सह-सचिवमा दिपक कार्की, कोषाध्यक्षमा अनिल पण्डीत त्यस्तै सदस्यहरुमा क्रमसः देवेन्द्र श्रेष्ठ, योङगीता लामा, कृष्ण गौतम र शागर दाहाललाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्याब्सनका विविध आयाम नीजि तथा हकअधिकारको विषय बस्तु एवं नीजि क्षेत्रका शैक्षिक संस्थाहरुले खेलेको भूमिकाको चर्चा गर्नु भयो । अध्यक्ष श्रेष्ठले नेतृत्व रहर नभई आवश्यक्ता भएको बताउँदै सबै नगर कमिटीहरुमा सर्वसम्मतीले नेतृत्व चयन भईरहेको र सर्वसम्मती नै प्याब्सनका लागि महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष गोपाल आचार्यले पाठ्यक्रमलाई समयानुकुल सुधार तथा परिमार्जन गर्दै शिक्षण सिकाई प्रकृयालाई अझ प्रभावकारी बनाउदै लानु पर्ने आवश्यकता रहेको बताउनु भयो । एक प्रसङ्गमा पूर्व अध्यक्ष आचार्यले शिक्षित वर्गले समाजलाई नेतृत्व गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष श्रीराम दाहालले परिवर्तन खबर डटकमसँगको संक्षिप्त कुराकानिमा नीतिगत विषयवस्तुमा वहस चलाउने, अतिरिक्त क्रियाकलाप संचालन गर्ने, पाठ्यक्रम एकरुप बनाई परिक्षा संचालन गर्ने, स्थानीय निकासँग समन्वय गर्ने र उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने लगायतका कार्यहरु गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्