‘यदि यो क्रिश्चियन सम्मेलन भएको भए सवैभन्दा पहिले म अलग हुन्थे’ : नेता जोली (भिडियो सहित)



१७ मङ्सिर २०७५, काठमाडौं

एसिया प्यासेफिक सम्मेलनको विषयमा नेपाली संचार माध्यम र समाजिक संजालमा विभिन्न टिकाटिप्पणी भईरहेको समयमा परिवर्तन खबरका प्रवन्ध सम्पादक अजय वानप्रस्थीले भारतका बरिष्ठ हिन्दु र राष्ट्रवादी नेता विजय जोलीसँग लिएको अन्तरवार्ताको सम्मेलन केन्द्रीत एक छोटो अंश :

तपाईजस्तो बरिष्ठ भारतीय जनता पार्टीको हिन्दु नेता क्रिश्चियन सम्मेलनमा किन सहभागी हुनुभो ? क्रिश्चियन सम्मेलन भन्दै काठमाडौंमा ठूलो हल्लाखल्ला छ, कतिपयले यसलाई धर्मयुद्धको सुरुवात समेत भनेका छन् ? भन्ने प्रश्नमा जोली भन्छन्, ‘म मात्र होइन यो सम्मेलनमा पूर्व भारतीय प्रधानमन्त्री तथा किसान नेता देवे गौडा, पाकिस्तानी पूर्व प्रधानमन्त्री गिलानी, म्यानमारकी नोवेल पुरस्कार विजेता तथा नेतृ आङ सान सुची, दक्षिण दिल्लीका मेयर तथा भाजपा नेता नरेन्द्र चावला, भारतीय जनता पार्टीकी दिल्ली नेतृ शोभा उपाध्याय र आम आदमी पार्टीबाट निर्वाचित दिल्ली सभाका तीन सांसद समेत उपस्थित छन् । त्यतिमात्र होइन, विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुख, राष्ट्रिय संसदका सभामुखहरु, सांसदहरु समेत सहभागी छन् । एसिया प्रशान्त क्षेत्रका ५२ देशबाट ३५२ पार्टीका प्रतिनिधिहरु यसमा सहभागी छन् । मैले यो सम्मेलनमा कुनै गोप्य वा लुकेको एजेण्डा भेटिन् । नेपालका आपसमा झगडा गर्ने राजनीतिक दलहरुको एजेण्डा चाहीँ हुनसक्छ ।

यदि यो सम्मेलन कुनै एक धर्म वा समुदायको भएको भए म एक असल राष्ट्रवादी र एउटा सत्य हिन्दु नेता भएकोले जोली पहिलो भारतीय नेता हुने थियो जसले आफूलाई यस्ता सम्मेलनबाट अलग गर्ने थियो ।’

अन्त्यमा भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालीहरुलाई प्रत्येक गतिविधिमा राजनीति नघुसाउन समेत अनुरोध गरे ।

सम्मेलनबारे समाजिक संजालमा भेटिएका टिकाटिप्पणीहरु :

प्रतिक्रिया दिनुहोस्