फुटबलका जादुगर मेस्सी, पावरभन्दा टेकनिक बेसी



१० मंसिर २०७५, काठमाडौं

‘फुटबल’ एउटा विश्वविख्यात खेल हो । सयौं वर्षअगाडी सुरु भएको यो खेल अहिले विश्वले रुचाउने खेल बनेको छ ।

भकुण्डोलाई खुट्टाले हानी खेलिने भएकाले यसलाई फुटबल नाम दिईएको हो । अर्थात, फुट : खुट्टा, पैतला, र बल : भकुण्डो भन्ने अर्थ हुन्छ ।

सन् १८६३ मा इंग्ल्याण्डमा गठन भएको ‘द फुटबल एशोसियसन’ संस्थाले यसलाई उजागर गर्दै अगाडी बढाउने काम सुरु गर्यो । यही संस्थाको कामलाई प्राथमिकतामा राख्दै मे २१ सन् १९०४ मा स्थापना भएको फुटबलको एक सर्वोच्च संस्था ‘अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासंघ’ (फिफा) फुटबलका निम्ति गठन भएका संस्थाहरुलाई एकजुट पार्दै र आफ्नो नियन्त्रणमा राख्दै अगाडी बढाउन थाल्यो ।

यसले अझै फुटबल संस्थाहरुलाई नियन्त्रणमा राख्दै प्रत्येक ४÷४ वर्षमा विश्वको सबैभन्दा ठुलो फुटबल खेल ‘फिफा विश्वकप’ आयोजना गर्ने गर्छ । त्यसैगरी ‘लव्ज अफ एसोशियसन’ ले यसलाई मुर्त रुप दिने काम गर्यो । त्यसपछि भने फुटबललाई व्यवसायिक रुपले खेल्ने तथा खेलाउने काम सुरु भयो ।

‘क्याम्व्रिज विश्वविद्यालय’ का केही विद्यार्थीहरुले बनाएका नियमलाई फलो गर्दै र खेल्दै यसलाई संसारमा लोकप्रिय बनाए । फुटबलको यो विकासँगै विश्वमा धेरै खेलाडीहरुले यसलाई व्यवसायिकतामा परिणत गरे ।

भन्ने नै हो भने युवा पुस्ताका लागि फुटबल त एक अभिन्न अंग जस्तै बनेको छ । यसलाई व्यवसायिक रुपमै खेलेर कतिले नाम तथा दाम पनि प्रशस्तै कमाएका छन् ।
जस्तै ब्राजिलका पेले, म्याराडोना, तथा अन्य थुप्रै विश्वविख्यात खेलाडीहरु–

यस्तै विश्व फुटबलमा आफ्नो नामलाई अग्र स्थानमा राख्ने एक खेलाडी हुन्, अर्जेन्टिनाका कप्तान तथा फुटबलर– लियोनेल मेस्सी । जो अहिले ला लिगा, बार्सिलोना तथा अर्जेन्टिनाका लागि खेल्ने गर्दछन् ।

सन् १९८७, जुन २४ मा अर्जेन्टिनामा जन्मिएका उनले अहिले संसारको कुना–कुनासम्म आफ्ना समर्थक बनाउन भ्याएका छन् । २१ वर्षको उमेरमै ‘बेलोन डी ओर’ तथा ‘फिफा सर्वश्रेष्ठ’ जस्ता अवार्डबाट सम्मानित भएका उनी अहिलेका न्यु जेनेरेसनका लागि प्रेरणाका श्रोत बनिरहेका छन् ।

उनले फुटबल खेलमा देखाएका कलाले गर्दा उनलाई फुटबलका बादशाह भनेर चिनिने अर्जेन्टिनाका पूर्व–कप्तान ‘म्याराडोना’ सँग तुलना गर्न थालिएको छ । उनले सन् १९९५ देखि ‘न्युवेल्स ओल्ड ब्वाईज’ मा खेल्दै आएका थिए । त्यहाँ उनले धेरै फुटबलका आधारभूत ज्ञानहरुलाई बटुल्ने मौका पाए । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं उनी सानैदेखि टेकनिक यूज गरेर फुटबललाई खेलाउन सक्थे । त्यसैले उनी दर्शकहरुसामु चिनिन त्यत्ति समय कुरिरहनु परेन ।

११ वर्षको छदाँ उनमा शारीरिक विकास हार्मोनको कमी पाईयो । त्यसपछि सन् २००० मा परिवारसहित यूरोप आए । प्राथमिक ‘डिभिजन प्लेट’ नामक संस्थाले उनको स्वास्थ्यलाई हेर्ने कोशिष गरेपनि उनको लागि त्योे कोशिषमै सिमित रह्यो, किनकी उनको स्वास्थ्यलाई मासिक ९०० डलरको आवश्यकता पथ्र्यो ।

त्यसपछि उनकोे खेल कौशलका कारण बार्सिलोनाका तत्कालीन खेल प्रबन्धक ‘काल्स रिक्सैक’ ले उनी स्पेन आएर बस्न सक्छन् भने उनको उपचार खर्च बेहोर्न सकिन्छ भन्ने उर्दी जारी गरे । त्यसपछि उनी विस्तारै उपचारसँगै बार्सिलोनमा अनुबन्धित हुन पुगे ।

सन् २००४ तिरको दशकमा उनले ‘ला लिगा’ खेल्दै ला लिगामा कम उमेरमा खेल्ने खेलाडीको आफ्नो नामलाई तटस्थ राखे । सो सिजनमा उनले ला लिगा लिग खेलेनन् मात्रै ला लिगाको उपाधी बार्सिलोनाको बनाउन समेत सफल भए ।

साथै उनले सन् २००६ मा ‘युइएएफ यूरोपयन च्याम्पियनसिप’ पनि बार्सिलोनालाई जिताउँदै प्रमुख सम्मान प्राप्त गरे । उनले सन् २००७ मा बार्सिलोना र रियल मड्रिडबीच चल्ने खेल ‘एल क्लासिको’ मा ह्याट्रिक गर्दाको उनको समय उनको लागि धेरे सफल रह्यो ।

सन् २००८ मा अर्जेन्टिना फुटबल टिमसँग बेईजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तराष्ट्रिय सम्मान स्वर्णपदक हात पार्न सफल भए । त्यसपछिको दिनहरु झनै उनको लागि खास सावित हुँदै जान थाल्यो । एक पछि अर्को सफलतालाई भेट्दै गए । त्यससँगैं उनी लागि नै रहे ।

सन् २००३ मा आफ्नो जीवनकालमै पहिलो पटक औपचारिक खेल खेल्न सुरु गरेका उनी त्यसको एक वर्षपछि ‘इस्पेन्योल’ विरुद्धको खेलमा पहिलो खेल्ने मौका पाए । सो मौका दिने उनका गुरु ‘फ्रान्क रिजकार्ड’ थिए ।

त्यसबेलाको रिजकार्डको आफुप्रतिको लगावलाई सम्झिदै कहिलेकाहीँ भन्छन्–उनी,

‘उहाँले मेरो खेल जीवनको सुरुवात गराउनुभएको तथ्य म कहिल्यै भुल्न सक्दिन, उहाँले म मात्र १६ वर्षको हुँदा म मा विश्वास जगाउनुभएको थियो, त्यस्तै उहाँले मलाई चान्स दिनुभएको थियो ।’

त्यसपछिको उनले आफ्नो विश्वफुटबल जीवनमा पछाडी फर्केर हुर्नुपरेको तथ्य खासै पाईदैन । एकपछि अर्को सफलतालाई चुम्न लागिपरेका उनी अहिलेपनि चर्चाकै शिखरमै बसिरहेका छन् ।

मेस्सीले आफ्नो जीवनकालमा ५०० भन्दा बढि गोल हानिसकेका छन् । सर्वाधिक फिफा वर्ष खेलाडीको समेत अवार्ड हातमा पार्न सफल मेस्सीले सन् २०१६ अप्रिल १७ मा भ्यालेन्सिया विरुद्ध गोल गर्दै ५०० गोल पुरा गरेका थिए ।

जसमा उनले ५०० गोल मध्येका ७० भन्दा बढि प्रतिशत गोल भने देब्रे खुट्टाले हानेका छन् । उनी यि अवार्डहरुबाट मात्र होईन, ‘५० गोल’ अवार्ड युवा वर्ष खेलाडी तथा फिफा वर्ष खेलाडीबाट समेत उनी सम्मान भईसकेका छन् ।

यी सफलताहरुलाई चुम्दै अगाडी बढिरहेका मेस्सी अहिलेको यो समयसम्म आईपुग्दा हजारौं अवार्डहरुबाट अवार्डेड भईसकेका छन् । फुटबललाई दुनियाँमाझ लोकप्रिय बनाउने काम पनि यी, यस्ता खेलाडीबाट नै हुन्छ ।

स्वास्थ्यका का लागि खेलकूद !

राष्ट्रका लागि खेलकूद !

जय खेलकूद ! !

प्रतिक्रिया दिनुहोस्