ओप्पोको एथ्रीएस मोबाइल साढे २४ हजारमा



०५ मंसिर २०७५, काठमाडौं

चर्चित स्मार्टफोन कम्पनी ओप्पोले एथ्रीएस (थ्रीजीबी) स्मार्टफोनको मूल्यमा १ हजार ९ सय रुपैयाँ कटौती गरी २४ हजार ५ सयमा बेच्ने भएको छ ।

मध्यसेप्टेम्बरमा मूल्य २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन बजारमा २४ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको हो ।

सुपर फुलस्क्रिनसहित सार्वजनिक गरिएको एथ्रीएस ए सिरिजअन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको जनाएको छ ।

फोनमा १३ एमपी क्यामेरामा एफर २.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफर २.४ एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफर २.२ एपर्चरसहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

३ जीबी र्याम र ३२ जीबी सञ्चय क्षमता, क्वालकम स्न्याप ड्रागन ४५० ओक्टा कोर प्रोसेसर र ४२३० एमएएच ब्याट्री जडित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्