बहुप्रतिक्षित चलचित्र सुश्री सम्पत्ति को फस्टलुक सार्वजनिक



०३ मङ्सिर २०७५, काठमाडौँ

सलोन बस्नेत पछिल्लो समयका चर्चित अभिनेता हुन् । उनले धेरै चलचित्रहरुमा काम गरिसकेका छन् । पछिल्ल्लो समयमा चलचित्रमा उनको डिमाण्ड बढ्दो देखिन्छ । पछिल्लो समयमा उनले खेलेको सुश्री सम्पत्ति को फस्टलुक सार्वजनिक भएको छ ।

चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा सलोन बस्नेत, बिनोद न्यौपाने र सारा सिरपालीको मुख्य भूमिका रहेको छ । फस्टलुक सार्वजनिक गर्नुअघि चलचित्रको दुई गीत सार्वजनिक भैसकेको छ । चलचित्रको हुकुम बक्सियोस् बोलको गीतले निकै चर्चा पनि पाएको थियो । चलचित्र सुश्री सम्पत्ति यहि मङ्सिर २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्