शहिद स्मारक ए डिभिजन लिग : प्रविन चम्किदाँ एपीएफलाई पहिलो जित



०३ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दिउँसो भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई हराउँदै पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई १–० ले पराजित गरेको हो । एपीएफलाई गोल दिलाउने श्रेय भने प्रविनलाई जान्छ, उक्त गोलबाट अग्रता पाएको एपीएफको खेलको समयावधिसम्म पनि नतिजा उही रह्यो ।

जितसंगै एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । एपीएफले पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेलेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स थ्री स्टारसंग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्