प्रादेशीक भुमी आयोग गठन गर्न माग



०३ मंसिर २०७५, इटहरी

राष्ट्रिय भुमिअधिकार मञ्च नेपालले प्रदेश सरकारलाई तत्काल भुमी सुधार आयोग गठन गर्न आग्रह गरेको छ । मञ्चले इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारलाई भुमि सुधारको खाका कार्यपत्र समेत पेश गरेको छ ।

समग्र राज्यको न्याय, सम्वृद्धि र आर्थिक रुपान्तरणको भुमि सुधार आवश्यक पर्ने र वितेका ७० बर्षदेखि गरिव तथा भुमिहिन किसानहरुले देखेको न्याय, शान्ति र सम्बृद्धिको सपना पुरा हुने राष्ट्रिय भुमि अधिकार मञ्च नेपालले बताएको छ । कार्यक्रममा सुकुम्बासीहरुको समस्या समाधान गर्न राष्ट्रिय निति र संघीय ऐन बनाएर प्रादेशीक भुमि आयोग बनाउनुपर्ने राजनीतिक विश्लेषक केशव दाहालले बताए ।

प्रदेश तहमा शक्तिशाली अधिकार सम्पन्न भुमि आयोग बनाएर कृषि र भुमिलाई आधुनिक र बैज्ञानिक तरिकाले अधि बढेमा समस्या समाधान हुने कार्यक्रममा सहभागिले बताएका थिए । भुमिहिन सुकुमवासिहरुको समस्याको सामाधानको लागिखोलानालानदिहरुमापाईलट प्रविधिको प्रयोग गरेर व्यवस्थापन गरेर खोला, नदिहरुको छेउ छाउमा सरकारले ठुला ठुला घर निर्माण गरि वासको व्यास्थापन गरेर समाधानल्याउने र सरकारलाई आवश्यक सल्लाह सुझावको आवश्यक रहेको प्रदेश सभामुख सर्वध्वज साँवाले जानकारि दिएका छन् । प्रदेश सरकारले नितिनियमबनाउने क्रममा सुझावहरु दिएर सरकारलाई सहयोग गर्न समेत साँवाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्