फोहोरमैला व्यवस्थापनमा अवरोध पुर्‍याउने कर्मचारीलाई कडा कार्वाहीको चेतावनी



०३ मङ्सिर २०७५,काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्‍याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका शाक्यले संचारकर्मीमाझ ४० लाख भन्दाबढि मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पुर्‍याउने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए ।

सोही क्रममा उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्