विराटनगरमा ‘रोनाल्ड म्याकली कप–२०१८’ हुँदै



०३ मंसिर २०७५, काठमाडौं

विराटनगरमा पहिलो पटक नेत्र विहिन हरुको क्रिकेट प्रतियोगिता ‘रोनाल्ड म्याकली कप–२०१८’ हुने भएको छ । नेत्रहिन क्रिकेट संघको आयोजनामा हुने खेल मंसिर ०५ बाट सुरु हुने बताईएको छ ।

प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया तथा आर्मी क्लबबाट गरि जम्मा ६० जना प्रतियोगीको सहभागिता रहने बताईएको छ । टी–२० फरम्याटमा लिग चरणमा खेलाइने र नियम अन्तराष्ट्रिय नेत्रहिन क्रिकेट अनुसारको लागू हुनेछ । प्रतियोगतामा बिजयी टीमले नगद २० हजार र उपबिजेताले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदघाटन खेल झापा र बर्दियाबीच हुनेछ । कुल साढे ७ लाख रुपैयाँ खर्च लाग्ने सो प्रतियोगता आयोजनाका लागि कादुरी च्यारीटेबल फाउण्डडेसन र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गर्ने जनाएको छ ।

रोनाल्ड म्याकुरी कादुरी च्यारिटेबलका एक जना ट्रस्ट हुन् । उनले २० वर्ष हङकङबाट साँङग क्रिक्रेट टीमबाट खेलेका थिए । अन्तराष्ट्रिय नेत्रहिन क्रिकेट प्रतियोगितामा समेत सहभागिता जनाउन थालेको नेत्रहिन क्रिक्रेट संघले मोरङ, झापा, बर्दिया र म्याग्दीमा आधारभुत प्रशिक्षण दिएर हालसम्म एक सय १० जना नेत्रहिन क्रिकेट खेलाडी तैयार गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्