लुगामा रमाउने अन्धो पाठो



अमेरिकाको न्युजर्सीको एन्नाडेलस्थित यस ६ महिने पोली नामक पाठोलाई हाँसको जस्तो पहिरन लगाएपछि त्यसको सम्पूर्ण तनाव हराउने गरेको पाइएको छ ।

जन्मजात अन्धो भएकाले दुखित र चिन्तित रहने गरेको पोली यस्तो पोशाक लगाइदिँदा शान्त र मख्ख पर्ने गरेको पशु आरक्षण केन्द्रका व्यवस्थापक लियान्ने लरिसेल्लाले बताएकी छिन् । पोलीको मालिक घरदेखि टाढा काम गर्नुपर्ने भएकाले त्यसलाई चार महिनाअघि त्यो केन्द्रमा ल्याइएको थियो ।

वास्तवमा बालबिालिकाका लागि बनाइएको हाँसको उक्त पहिरन लगाइदिँदा पोली निकै न्यानो मानी मस्त निँदाउने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्