प्रदिपसँग फाइदाको लागि काम गरेकी होइन : मिरुना मगर



०३ मङ्सिर २०७५, काठमाडौँ

नायिका मिरुना मगर नेपालकी नाम चलेकी नायिका हुन् । नेपालका निकै चर्चित अभिनेता सौगात मल्लसँग लालपूर्जा चलचित्रबाट नेपाली चलचित्र जगतमा पाइला चालेकी मिरुनाको पहिलो चलचित्र नै असफल भयो । त्यसपछि केहिसमय अघि उनको नेपालका सर्वाधिक चर्चित नायक प्रदिप खड्कासँग रोज चलचित्र प्रदर्शनमा आयो । तर विडम्वना मिरुनाको उक्त चलचत्रि पनि असफल नै साबित भयो । तर चलचित्र असपल भएपनि उनको अभिनयको भने सबैले तारिफ गरे ।

चलचित्र रोज को फूल हैन बोलको गीतले उनलाई थप चर्चित बनायो । रोज चलचित्रमा प्रदिपसँग काम गरेपछि मिरुना धेरै निर्माता निर्देशकको नजरमा परेकी छिन् । उनी भर्खरै मात्र नेपालकी पहिलो अभिनेत्री भुवन चन्दको चलचित्र साईनो मा अनुबन्धित भएकी छिन् ।

उक्त चलचित्र घोषणाको कार्यक्रममा मिरुनालाई धेरैले तपाईलाई प्रदिपसँग काम गरेर के फाइदा भयो भन्ने प्रश्न गरेका थिए । त्यस प्रश्नमा मिरुनाले आफूले कुनै फाइदा पाउनको लागि प्रदिपसँग चलचत्रिमा काम नगरेको बताइन् । उनले आफूलाई चलचित्रको कथावस्तु मन परेर चलचित्रमा काम गरेको बताइन् । उनले प्रदिपको भने खुलेर प्रशंशा गरिन् । उनले प्रदिप एकदमै मेहेनेती भएको बताइन् । उनले प्रदिपसँग काम गरेर आफूले पनि मेहेनत गर्न चाहिँ सिकेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्