आईसीसी महिला टी–२० विश्वकप सेमिफाइनलको समीकरण पुरा



०३ कार्तिक २०७५, काठमाडौं

आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । १० टिमले भाग लिएको महिला टी–२० विश्वकपमा भारत, अस्ट्रेलिया, वेस्टइन्डिज र इङल्याण्डको महिला क्रिकेट टिम सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा अस्ट्रेलिया र वेस्टइन्डिज तथा भारत र इङल्याण्ड शुक्रबार खेल्ने भएका छन् । समूह एको विजेता वेष्ट इण्डिजले समूह ‘बी’ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह एको उपविजेता इंग्ल्याण्डले समूह ‘बी’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

वेस्टइन्डिज, इङल्याण्ड, दक्षिण अफ्रीका,श्रीलंका र बंगलादेश समुह ‘ए’ मा रहेका थिए । जसमा वेस्टइन्डिज समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको छ । वेस्टइन्डिजले समुह चरणका सबै चार खेल जितेर सेमिफाइनलमा पुगेको हो भने इङल्याण्ड समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्डले ४ खेलमा २ मा जित, एकमा हार र एकको खेल रद्ध हुदा ५ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो ।त्यस्तै भारत, अस्ट्रेलिया, न्युजील्याण्ड, पाकिस्तान र आयरल्याण्ड रहेको समुह ‘बी’ बाट भारत समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने अस्ट्रेलिया दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह चरणमा भारतले सबै चार खेल जितेको छ भने अस्ट्रेलियाले ३ खेलमा जित र एक हारसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा समुह ए मा रहेको बंगलादेशको महिला टिम र समुह ‘बी’ मा रहेको आयरल्याण्डको टिमले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । हाल छैठौ पटक आयोजना भइरहेको टी–२० महिला विश्वकपको यसअघि सम्पन्न ५ विश्वकपमा अस्ट्रेलियाले तीन पटक उपाधि जितेको छ भने इङल्याण्ड र वेस्टइन्डिजले एक एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्