करिनासँग विवाह हुनुअघि आफ्नी पूर्वपत्नी अमृताको लागि सैफले लेखेका थिए चिठी



०३ मङ्सिर २०७५, काठमाडौँ

सैफ अली खान र करिना कपुर खान बलिउडका निकै चर्चित जोडि हुन् । यी दुईको एक सन्तान पनि छन् । बलिउड सेलेब्रेटीका बच्चामध्ये यतिबेला तैमुर अत्यन्तै फेमस छन् । उनको एउटा फोटोको मुल्यपनि अन्य बरिष्ठ सेलेब्रेटीको भन्दा महंगो भएको चर्चा सुनिन्छ । करिना सैफकी दोस्रो पत्नी हुन् । सैफकी पहिलो श्रीमती अमृताबाट उनको एक छोरी पनि भएकी थिइन् ।

सैफ केहिदिन अघि करणको चर्चित शो कफि विद करण मा आएका थिए । त्यहाँ उनीिआफ्नी छोरी सारा अली खानसँग आएका थिए । उक्त शो मा सैफले आपूले करिनासँग विवाह गर्नुअघिको एक गोप्य कुरा खोलेका छन् ।

उनले करिनासँग विवाह गर्नुअघि आफ्नी जेठी श्रीमती अमृतालाई एक चिठी लेखेको बताएका छन् । उनले चिठीमा अमृतालाई नयाँ जीवनको सुरुवात गर्न शुभकामना दिएको बताए । उनकी छोरी साराले आफूले पनि सैफले लेखेको उक्त चिठी पढेको र चिठी पढ्दा निकै खुसी लागेको बताइन् । अमृताले पनि सैफप्रति कुनै गुनासो भने पोखिनन् । सैफले आफूले यो कुरा करिनालाई पनि भनेको र करिनाले पनि उनलार्ई साथ दिएको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्