पाँचौं संस्करणको ईपीएललाई टार्गेट गर्दै राइनोजको प्रशिक्षकमा अष्ट्रेलियन कोच नाथन डोड



०३ मंसिर २०७५, काठमाडौं

मंसिर तेस्रो साताबाट संचालन हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजले प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन कोच नाथन डोडलाई नियुक्त गरेको छ । डोडक्रिकेट अष्ट्रेलियाका लेवल ३ का कोच हुन् । उनले केएफसी क्वीन्सल्यान्ड स्टेट टी – २० प्रिमियर लीग २०१७ – १८ मा स्यान्डगेट टिमको प्रमुख प्रशिक्षको भूमिका निर्वाह गरेका थिए ।

राइनोजको प्रमुख कोचमा नियुक्ति भएसँगै डोडले प्रतिभाशाली खिलाडीको प्रदर्शन र विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । राइनोजले उत्कृष्ट प्रशिक्षणको लागि डोडलाई ल्याउन लागेको बताएको छ । इपीएलमा हरेक टीमले तीन विदेशी खेलाडी खेलाउनै पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप गत संकरणमा राइनोजले पाकिस्तानका इसरार उल्लाह, आशिफ अली र ताज वालीलाई अनुबन्ध गरेको थियो । आशिफ अली अहिले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी भई सकेका छन् ।

यस वर्षको संकरणको लागि राइनोजले विदेशी खेलाडी घोषणा अझै गरेको छैन । स्कटल्याण्डका काइल कोट्जर आउने चर्चा भने चलिरहेको छ । शक्ति गौचन नेतृत्वको पोखरा टीममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन् । पछिल्लो संस्करणमा टोलीमा रहेका सन्तोष भट्ट र नुरध्वज सेनको स्थानमा यसपटक नन्दन यादव र सुवेन्दु पाण्डे टोलीमा आएका छन् ।

ईपीएल १५ दिन सम्म चल्ने छ भने एक दिनमा एउटा मात्र खेल हुने छ । त्यस्तै यस पटक ३ वटा शनिवार ईपीएलका खेल हुने छन् । ईपीएलका सबै खेल टियु क्रिकेट मैदानमा हुने छन् । ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्