नेपाली चेली मेनुका सारेगमपा को टप १३ मा पुग्न सफल



०३ मङ्सिर २०७५, काठमाडौँ

नेपालकै सबैभन्दा चर्चित रियालिटि शो नेपाल आइडलमा गएर सबैको मन जित्न सफल प्रतियोगी मेनुका पौडेल यतिबेला भारतको निकै चर्चित रियालिटि शो सारेगमपा मा गएकी छिन् । सारेगमपा को इतिहासमा नेपालबाट जाने उनी पहिलो माहिला प्रतिस्पर्धी हुन् ।

अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै उनी अहिले टप १३ मा पर्न सफल भएकी छिन् । गएको हप्ता उनको प्रस्तुतीमा जर्जहरुले उनलाई उठेर  ताली बजाएका थिए । त्यस्तै गेस्टको रुपमा आएकी बलिउड चर्चित अभिनेत्री प्रिति जिन्टाले पनि उनको मुक्तकण्ठले प्रशंशा गरेकी थिइन् ।

सबै जर्जहरुबाट उनले अत्यन्तै राम्रो कमेन्ट पाएकी थिइन् भने जुरी मेम्बरबाट ९९.३ मास्क पाएकी थिइन् । उनको प्रस्तुतीपछि सारेगमपा का होस्ट आदित्यले उनीसँग नेपाली भाषमा कुराकानी गरेका थिए । मेनुकाले आफू सारेगमपा मा आउन पाएकामो निकै खुसी लागेको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्