शहिद स्मारक ए डिभिजन लिग : जावलाखेल र संकटा पहिलो हाफमा बराबरी



०३ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा जावलाखेल र संकटा बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोस्थित चलिरहेको खेलमा दुबै टोलीले बराबरी खेलेका हु्न् । पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टिम पुलिससंग १–० ले स्तब्ध बनेको थियो ।

एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ः३० बजे सुरु हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्