सोलुखुम्बु सांसद क्षेत्र विकास कोषबाट २० योजना छनौटमा



०२ मंसिर २०७५, काठमाडौं

संघीय सांसद क्षेत्र विकास कोषअन्तर्गत सोलुखुम्बुबाट २० वटा योजनाहरु छनौटमा परेका छन् । क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, पर्यटन पदमार्ग निर्माण, खानेपानी, मोटरेबल पुल, सिंञ्चाई योजना र भौतिक पूर्वाधारका योजना छनौट गरिएको हो ।

छनौटमा परेका योजनाहरुमा सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि १० लाख, झाप्रे पिकेहुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि २० लाख, तिङ्ला संसारी डाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी अन्य गाँउपालिकाको योजनाहरुमा लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धिकरण तथा संबद्र्धन योजनाका लागि १५ लाख, किबि खेती प्रबद्र्धनमा १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मत सम्भारमा १५ लाख, माप्यदुधकोशी गाउँपालिका अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा १० लाख र थालेम भूमेस्थान मर्मत वडा नं ६ काँकुमा १० लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी थुलुङदुधकोशी गाउँपालिका अन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतीमा ६० लाख रकम विनियोजन गरिएको छ ।
सोताङ गाउँपालिका अन्तर्गत छनौटमा परेका योजनाहरुमा सभाहल निर्माणका लागि १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रबद्र्धनका लागि ट्रयाक ओपनमा १० लाख विनियोजन गरिएको छ । त्यसैगरी महाकुलुङ गाउँपालिका अन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा १० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीले बताए ।

नेचासल्यान गाउँपालिका अन्तर्गत छनौट भएका योजनाहरुमा खहरे मुहान श्रीचौर देविस्थान डाँडाहुँदै केउरेनी चुहान सिंञ्चाई आयोजना वडा नं २ का लागि १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिका अन्तर्गत वडा नं २ मगर टोलमा पुल निर्माणका लागि १५ लाख रकम विनियोजन गरिएको जनाईएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि ४ लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्