तीन नेपाली ओलम्पियनलाई आजीवन भत्ता



०२ मंसिर २०७५, काठमाडौं

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तीन पारा ओलम्पियनलाई आजीवन भत्ता दिने भएको छ । पारा ओलम्पिकका विक्रमबहादुर राणा, लक्ष्मी कुँवर तथा मैयाँ विशखेलाई राखेपले भत्ता दिएको हो ।

मासिक रु. ३०० हजारका दरले उनीहरुलाई जनहीस्वरुप १२, १२ हजार दिईएको हो । एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए । गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको राखेपको ११० औं बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडी सरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।

१९६४ एता गृष्माकालिन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्