‘आर्थिक कार्यविधि ऐन’ ल्याउने अर्थमन्त्री खतिवडाको घोषणा



०२ मंसिर २०७५, काठमाडौं

सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिब ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन् ।

आइतबार  काठमाडौंमा सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई  उद्घाटन गर्दै उनले दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन पनि सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्