रसियामा सम्पन्न युनिफाइट तर्फको कास्य पदक नेपालकी सब्बा रानीलाई



०२ मंसिर २०७५, काठमाडौं

रसियामा सम्पन्न वर्ल्ड च्याम्पियनशीप अफ युनिफाइट (मार्सल आर्टस) मा नेपालकी सब्बा रानी महर्जनले ५७ केजी तौल समूहतर्फ कास्य पदक जितेकी छिन् ।

नेपाल साम्बो फेडरेसनमार्फत रसियाको मेडिन सिटीमा तीन महिने तालिममा जाँदा महर्जनले कार्तिक २७ देखि २९ सम्म आयोजित सो प्रतियोगितामा सहभागि बनेकी थिईन् । ३६ देशको सहभागिता रहेको सो प्रतियोगिताबाट उनले सो पदक हात पारेकी हुन् ।

वर्ल्ड युनिफाइट फेडेरेशनका अध्यक्ष नोभिकोभ सर्गेई निकोलेइभिचले यो खेललाई नेपालमा पनि स्थापित गराउन चाहेको र नेपालका नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्