नागार्जुन नगरपालिकाको प्याब्सन अध्यक्षमा राजुराम अधिकारी



०२ मंसिर २०७५, काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपालको नागर्जुन नगर अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले राजुराम अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ ।

शनिबार स्वयम्भुमा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा बासुदेब घिमिरे सचिबमा डी. बी ढकाल, सह–सचिबमा प्रकाश शाही कोषाध्यक्षमा ईन्दिरा घिमिरे त्यस्तै सदस्यहरुमा क्रमसः दुर्गा प्रसाद गौतम, सुरेश महतो, हिरा खनाल र नेत्र पन्थी चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले एसइइ परीक्षामा ‘४ जिपीए’ ल्याउने विद्यार्थीको संख्या निजी क्षेत्रमा सञ्चालित विद्यालयहरुको सबै भन्दा बढी रहेको बताउँदै निजी विद्यालयहरुले राष्ट्रको शैक्षिक विकासका लागि महत्वपुर्ण योगदानको चर्चा गर्नु भयो।

कार्यक्रममा निजी विद्यालयले खेल्नुपर्ने भूमिका तथा प्याब्सनले अपनाउनुपर्ने रणनीति सम्बन्धमा काठमाडौं प्याब्सनका पुर्ब अध्यक्ष तथा बरिष्ठ सल्लाहकार गोपाल आचार्य लगायतका वक्ताहरुले आ–आफ्नो धारण राखेका थिए भने प्याब्सन उपत्यका प्रदेश प्रमुख थकिन गुरुङले प्याब्सन आफ्नो उद्देश्य अनुरुप अघि बढिरहेको समेत बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष राजुराम अधिकारीले परिवर्तन खबर डटकमसँग संक्षिप्त प्रतिक्रियामा, ‘नागार्जुन नगरपालिका भित्र अतिरिक्त क्रियाकलापको विकास, रुचीअनुसारको गुणस्तरीय शिक्षा एंव निजी तथा आवासीय विद्यालयहरुको हक तथा अधिकारका लागि आफु डटेर काम गर्ने बताउनु भयो ।

अर्जुन अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाण्डौ प्याब्सनका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख प्रेम राइले मङ्सीर १–१५ गतेसम्म काठमाडौं भित्र रहेका सम्पुर्ण नगरपालिकाहरुमा अधिबेशन सम्पन्न गरिसक्ने जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्