मुम्बई फर्किए नव विवाहित जोडि रणवीर र दिपिका, एयरपोर्टमा बधाई दिने दर्शकको थामीनसक्नु भीड



०२ मङ्सिर २०७५, काठमाडौँ

बलिउड चर्चित लब कपल रणवीर सिंह र दिपिका पादुकोण अब वैवाहिक बन्धनमा बाधिएका छन् । उनीहरुले यहि नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गरेका हुन् । आफ्नो विवाह सम्पन्न गरेर यी दुई आइतबार मुम्बई फर्किएका छन् ।

रणवीर र दिपिका दुवै बलिउडका ठूला स्टार भएका कारण उनीहरु आउने खबर पाउने बित्तिकै उनका फ्यानहरु बिहानैदेखि एयरपोर्टमा उनीहरुलाई हेर्न भनेर कुरिरहेका थिए । दिपिका र रणवीर निकै साधारण नव विवाहित जोडिको रुपमा एयरपोर्टमा देखा परेका थिए । उनीहरुलाई हेर्ने दर्शकको थामीनसक्नु भीड थियो । दिपिका सिम्पल कुर्तामा र रणवीर पनि साधारण कुर्ता र इस्टकोटमा देखिएका थिए । दुवैले आफ्ना फ्यानहरुलाई हात हल्लाउँदै धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्