नेपाल आउदैछन् ‘गाङनाम स्टाइल’का विश्व चर्चित गायक साई



चर्चित गीत ‘गाङनाम स्टाइल’ का गायक पीएसवाई( पार्क जेइ साङ) साई नेपाल आउने भएका छन् ।

नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन साई नेपाल आउन लागेका हुन् । दक्षिण कोरियाली गायक पार्कको गीत ‘ग्याङनम स्टाइल निकै चर्चित भएको थियो ।

साई ‘गाङनाम स्टाइल’बाटै संगीतको दुनियामा छाएका हुन् । यसअघि उनी दुई एल्बम निकालेर पनि खासै चर्चा पाएका थिएनन् । उनलाई ‘गाङनाम स्टाइल’ले भने विश्व संगीतको शिखरमै पुर्‍याइदियो । ‘गाङनाम स्टाइल’ हालसम्म विश्वमै धेरैपटक हेरिएको म्युजिक भिडियो हो ।

१५ डिसेम्बर (मंसिर २९) गते पीएसवाई विथ के–पप लाइभ इन नेपाल नाम दिइएको कन्सर्टमा उनी सहभागी हुने छन् ।

खुमटारमा रहेको रेडियो नेपालको मैदानमा हुने कन्सर्टमा उनको प्रस्तुती रहनेछ ।

५ घन्टा चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसहित अन्य गायक गायीकाको प्रदर्शन रहनेछ ।

त्यसका साथै दक्षिण कोरियाबाट पनि गायक गायीकाको टोली आउँदै छ ।

ग्याङनम स्टाइल २०१२ मा सार्वजनिक भएको थियो । युट्युवमा यो गीत तीन अर्व २३ करोड भन्दा धेरैले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्