नेपाली क्रिकेटका ‘लिटिल च्याम्प’ सन्दीप लामिछाने



०१ मंसिर २०७५, काठमाडौं

संसारमा विभिन्न प्रकारका खेलहर खेलिन्छ । त्यसमा पनि विभिन्न देशहरुमा धेरै किसिमका खेलहरु खेल्ने अनि खेलाईने गरिन्छ ।

त्यसमध्येको एक लोकप्रिय अनि विश्वमै रुचाईएको खेल हो, क्रिकेट, जुन खेल पाँचौं शताब्दीतिर नै सुरुवात भएको मानिए पनि औपचारिक रुपमा सन् १६४६ को शताब्दीबाट खेल्न थालिएको थियो ।

१७ औं शताब्दीमा केही पादरीहरुले चर्चामा ल्याएका क्रिकेट खेल यो समयमा आएर चर्चाकै विषय बनिरहेको छ । उनीहरु चर्चमा नगई क्रिकेट खेलेकाले उनीहरुलाई जरिवाना तिराईएको थियो भन्ने पनि यदाकदा इतिहाँसले देखाउँछ ।

त्यसैगरि यसलाई औपचारिक रुपमा खेल्ने क्रममा सन् १७६० मा इंग्ल्याण्डमा पहिलो ‘ह्याब्लेडन’ क्रिकेट क्लब खुल्यो, त्यसले झनै क्रिकेट खेललाई जीवन्त राख्ने काम गर्यो ।

भन्नेहरुले अझै यसको सुरुवात इंग्ल्याण्डबाट भएको हो भन्छन् ।   तर, यसको औपचारिक सुरुवाता भने बेलायतबाट भएको हामी पुरानो–पुरानो दस्तावेजहरु फेला पार्न सक्छौं ।

त्यसैगरि जमानाले फड्को मार्ने क्रममा यसलाई विश्वले रुचायो अनि दुनियाँले मन पराए ।

त्यससँगैं विभिन्न देशमा खेल्न थालियो । यहि क्रममा नेपालमा पनि औपचारिक रुपमा क्रिकेट खेल्न थालिएको हो । यसको सुरुवात सन् १९२० मा राणा वंशबाट सुरु भएको थियो ।

सन् १९२० को शतब्दीतिर राणाहरुले बेलायतबाट पढाई सकेर नेपाल फर्केपछि क्रिकेट खेल्न थालेका हुन् । बेलायतमा देखेपछि त्यसको प्रभावले नेपालमा पनि सुरुवात गरेका थिए । त्यसपछि सन् १९४६ मा ‘नेपाल एसोसिएसन अफ नेपाल’ को स्थापना भएपछि भने नेपालमा यसलाई व्यवसायिक रुपमा पनि खेल्न थालियो ।

केही समय अधि नेपालको राजधानीमा मात्रै सिमित भएपनि सन् १९९० पछि भने यसलाई नेपालभरि नै खेल्न थालियो ।

त्यससँगैं यसलाई नेपालमा पनि व्यवसायिक रुपमा खेल्न थालियो ।

राजु खड्गा, शरद भेषवाकर, शत्ति गौचन, अनिल मण्डल, सुवास खकुरेल तथा अन्य थुप्रै खेलाडीहरु हुन् यसको ज्वलन्त उदाहरण–

नेपाली खेलाडीहरुले नेपालका लागि साथै आफ्नो लागि पनि जत्ति गरे, ती सबै योगदानहरु जीवन्त छन्

नेपाली क्रिकेटले फड्को मार्ने क्रममा यो अवस्थासम्म ल्याउनुको श्रेय भने ती खेलाडीलाई नै जान्छ, जसले नेपाली क्रिकेटलाई मायाँ गरेर, खेलेर अनि यो अवस्थामा नेपाली क्रिकेटलाई ल्याए ।

यही भिडबाट निस्किएका एक नेपाली क्रिकेटका एक अग्रणी ब्यक्ति ‘सन्दीप लामिछाने’

सानै उमेरमा धेरै लोकप्रिय बनिसकेका उनी अझै यही उचाईमा छन् ।

सन् २००० अगस्त ०२ मा स्याङ्जामा जन्मिएका सन्दिप सानै उमेरमा नेपाली मात्रै नभएर विश्व क्रिकेटमै अब्बल मानिए ।

दाँया हातले ‘लेकब्रेक गुग्ली’ बलिङ गर्ने सन्दीप पछिल्लो समय एक पछि अर्को किर्तिमानी राख्नमा ब्यस्त देखिन्छन् ।

यू–१९ को एशिया विश्वकपमा नेपालको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडीको नाममा किर्तिमानी राख्ने सन्दीप यो समयमा धेरै आफ्ना फ्यानफलोवर्सहरु बनाएका छन् ।

सन् २०१६ अप्रिल १६ को आईसीसी वर्ल्ड क्रिकेट लिगबाट क्रिकेट खेलमा हाम फालेका सन्दिप अहिले भने विश्वको धेरै ठाँउमा खेल खेल्ने खेलाडीमा पनि पर्छन् ।

पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडीमा पनि उनकै नाम अगाडी आउँछ । पल्सर स्पोर्टस अवार्ड–२०७४ बाट समेत अवार्डेड भईसकेको उनी बलरको भूमीकामा जहाँत्यही देख्न सकिन्छ ।

विश्वका उत्कृष्ट युवा खेलाडीको सूचीमा परेका उनले यू–१९ विश्वकपमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेको उनको इतिहास अझै हामीकहाँ ज्वलन्त छन् । ‘लिटिल च्याम्प’ को उपनाम पाएका उनी ‘नेपाली शेन वार्ण’ उपनामले समेत चर्चित छन् ।

छोटो समयमा नेपाली क्रिकेटलाई धेरै उचाईसम्म पुर्याउनुमा धेरै योगदानको हिस्सा हालेका सन्दीप अहिले विश्वको एक कुशल क्रिकेटर बन्ने धोको राख्छन् ।

उनको यो कला तथा क्षमताका कारणले माइकल क्लार्कदेखि आईपीएल प्रशिक्षक रिक्की पोन्टिङसमेत कायल छन् ।

सूरुमा सन्दीप आईपीएलमा छानिँदा नेपालमा ठुलै तहलका मच्चिएको थियो । दक्षिण एशियाको एक सानो देश नेपाल जहाँ एसोसिएट राष्ट्रहरुमा टेस्ट खेल मात्र खेल्न सक्छ, भन्ने भनी भनिन्छ ।

जुन देशबाट विश्व क्रिकेट आकाशमा उदाएका सन्दीप अहिले भने ती ब्यत्तिहरुलाई मख्ख पार्नले फुर्सद छैनन्, जसले सोचेका हुँदा हुन्, नेपालमा कहाँ छन् ? र, कुशल क्रिकेटर !

सन्दीप विश्वकै सबैभन्दा धनी लिग आईपीएलमा छानिएपछि भने नेपालमा धेरै हल्ला नसुनिएको होईन ।

त्यो समय क्रिकेटप्रेपी नेपालीको मात्रै नभएर सबै नेपालीको गर्वको विषय अनि विदेशीहरुका लागि शंकाको विषय थियो ।

त्यहीँ समयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ट्वीट गरेर बधाई दिन भ्याए थिए ।

उनले भनेका थिए ।

‘बधाई सन्दीप, म मात्र हाईन सारा नेपालीको तिमीमाथि गौरव छ । तिम्रो आगमी यात्रा अझ रोचक होस् ।’

त्यसैगरि नेपाली क्रिकेटका पूर्वकप्तान राजु खड्गा भनेका थिए, ‘सन्दीप एक प्रतिनिधि पात्र मात्र हुन् । उनको आईपीएलको उपस्थितीले नेपालमा पनि उत्तिकै राम्रा क्रिकेटरहरु छन् भन्ने फेरी दोहोरिएको छ, र यसले अन्य युवा खेलाडीलाई ऊर्जा मिलेको छ ।’

श्रीलंकाली मुलका क्यानेडेली प्रशिक्षक पुबुदु लाई समेत आकर्षित गर्न सक्ने उनी अहिले भने नेपाली क्रिकेटका एक खम्बाको रुपमा  भूमीका निभाईरहेका छन् ।

आईपीएलको उनको बलिङलाई लिएर भारतीय कप्तान विराट कोहलीले पनि उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

एकपछि अर्को खेलमा आफ्नो शानदार कला देखाईरहेका सन्दीप अबको सिजनमा यूनाईटेड अरब ईमिरेट्समा आयोजना हुने टी–१० पनि खेल्ने भएका छन् ।

उनको कौशलले यस्तै स्थानहरु पाउन् । यहाँसम्मको उनको यात्रामा उनले पछाडी फर्केर हेर्न नपरेको हामी महुसुस गर्न सक्छौं । अबको उनको यात्रा भने उनको अबको प्रदर्शनकै आधारमा होला । आपेक्षा गरौं उनको यो विश्व क्रिकेटको टुर स्थगित नहोस् !

प्रतिक्रिया दिनुहोस्