छोरीको जन्मदिनमा रोनाल्डोले २५ लाख वाईनमा



३० कार्तिक २०७५, काठमाडौं

विश्व फुटबलका एक कुशल खेलाडी तथा युभेन्टसका स्टार क्रिस्टियानी रोनाल्डोले वाईनमा २५ लाख खर्च गरेका छन् ।

आफ्नो छोरी अलना मार्टिनाको जन्मदिन (बथ्र्डे) मा सो रकम खर्च गरेका हुन् । उनले छोरीेको पहिलो बसन्तको जन्मदिनमा २५ लाख रकमको वाईन खरिद गरि आफ्नो आफन्तजनहरुलाई टक्र्याएका हुन् ।

उनले विश्वको सबैभन्दा महँगो वाईनमा सो रकम खर्च गरेको जनाईएको छ । जसमा उनले प्रति बोतल १८,००० पाउण्डका दरले वाईन खरिद गरेको जनाईएको छ । रोनाल्डो र उनको परिवारले एउटा प्रतिष्ठित होटलमा मनाएको जन्मदिनमा करिब १५ मिनेटको समयमा सो रकम बराबरको वाईन खपत भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्