बूनपा ११ मा मधुमेहको निःशुल्क परामर्श तथा परीक्षण



२९ कार्तिक २०७५, काठमाडौं

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बूढानीलकण्ठ वडा नं ११ मा मधुमेहको निःशुल्क परामर्श तथा परीक्षण कार्यक्रम उद्घाटन भएको छ ।

बूनपा नगर उपप्रमुख रमादेवी राईद्वारा उद्घाटन गरिएको कार्यक्रममा बूनपा १०, ११ र १२ निवासी २५० जनाले निःशुल्क मधुमेह परीक्षण गराएको शहरी स्वस्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख कामदेव आचार्यले जानकारी गराए ।

कार्यक्रममा बूनपाका प्रसाशकिय अधिकृत प्रदिप पौडेल, बूनपा ८ का वडाध्यक्ष सुमन तामाङ, ९ का राजेन्द्र प्रसाद सापकोटा, १० का नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु प्रसाद भट्टराई र १३ का श्रीकृष्ण श्रेष्ठ लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त ३ दिने निःशुल्क परामर्श तथा परीक्षण कार्यक्रम २८ गते बूनपा ११, २९ गते चुनिखेल र ३० गते महाँकाल स्वास्थ्य चौकीमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्