‘फन एण्ड सोडिलारीटी,पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम संचालन हुने



२९ कार्तिक २०७५, इटहरी

सुनसरीको इटहरीमा रहेको पुर्वि पृतना हेडक्वाटरमा प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी,पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम संचालन हुने भएको छ । आगामि मंसिर ८ र ९ गते खेलकुद कार्यक्रम सहित नेपाली सेना सम्बन्धी बिभिन्न प्रदर्शनी सन्चालन हुने भएको हो ।

१३ बत्रर्ष देखी १६ बर्षका बालबालिकाका लागी ५ किलोमिटर दौड सहित खुल्ला १० किलोमिटर दौड, हाफ म्याराथोन, साईक्लिङ्ग र ५ किलोमिटरको वाकाथोन हुने कार्यक्रम संयोजक दिवस पोख्रेलले जानकारी दिए ।

पेख्रेलका अनुसार बालबालिकाको ५ किलोमिटर दौड, १० किलोमिटर खुल्ला दौड र साईक्लिङ्ग प्रतियोगिताका  प्रथम द्वितीय र तृतीय हुनेले क्रमस, समान रु. १० हजार, ७ हजार र ५ हजार नगदका साथै प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै हाफ म्याराथोनमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडिले  १५ हजार, १२ हजार र ७ हजार नगदका साथै प्रमाणपत्र र वाकाथोनका सहभागिलाई प्रमाणपत्र प्रदान गरीने छ ।

कार्यक्रममा नपालि सेनाको बिगत देखी हाल सम्मका फोटो प्रदर्शन, भिडीयो तथा डकुमेन्ट्री प्रर्दशन, इन्जिनियर इकयूपमेन्ट र बिपत ब्यवस्थापनका सामाग्रि समेत प्रदर्शन गरीने पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्