यौनसम्बन्धि त्यस्ता कुरा, जुन तपाईहरुलाई थाहा नहुन सक्छ, जान्नुहोस्



२८ कार्तिक २०७५, काठमाडौं

यौन संसारकै सबैभन्दा बढी चर्चित शब्द हो ।

यसमा संसारका ९९ प्रतिशत मानिसको चासो हुन्छ । यसका बारेमा केही मानिसहरुको चासो, धारणा यस्तो छ, जुन विज्ञानको अनुसन्धानले गलत साबित गरिदिएको छ । तर, यसबारे धेरै कुरा मानिसहरुले मनदेखि नै जानेका हुन्छन् । यौनका बारेमा त्यस्ता केहि चीजहरु छन्, जो मानिसहरुका मनगढन्ते गफ हुन् ।

– समलिंगीको कुनै जिन हुँदैन–

संसारमा मानिसहरुको ठूलो संख्या समलिंगी छ । तर विज्ञानले अनेक प्रयत्न गर्दा पनि यसको जेनेटिक्स पत्ता लगाउन सकेको छैन । अर्थात् मानिसमा समलिंगी भाव कसरी उत्पन्न गराउने कुनै विशेष जिन हुन्छ, तर यो कुरा वैज्ञानिकहरु मान्न तयार छैनन् ।

– टेस्टोस्टेरेन्टबाट महिला कामोत्तेजितः–

पुरुष हर्मोन टेस्टोस्टेरेन्टबाट महिलाहरुमा यौन उत्तेजना आउँछ भन्ने कुराको अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । त्यस्ता धेरै महिलाहरु भेटिन्छन्, जसलाई यौनउत्तेजना नहुने शिकायत बोकेर डाक्टर कहाँ पुगेका हुन्छन् ।

डाक्टरहरु पनि उनीहरुलाई टेस्टोस्टेरेन्टको सुई लिन सिफारिस गर्छन् । तर अनुसन्धानले स्पष्टसँग भनेको छ, महिलाहरुको यौन चाहनामा टेस्टोस्टेरेन्टसँग कुनै साइनो हुँदैन । किन यस्तो हुन्छ भन्ने कुरा अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन् ।

– बच्चाको लिंग र जटिलताः–

बाल्यकालमा लिंगबारे महसुस एकदमै थोरै हुन्छ । अधिकांश बालबालिका सोध्छन्, त्यो केटा हो कि केटी भनेर । तर उमेर बढ्दै गएपछि आफ्नो भूमिका उनीहरुले थाहा पाउँदै जान्छन् । त्यस्ता मध्ये झण्डै १० प्रतिशत यस्ता हुन्छन् जो पछि गएर ट्रान्सजेन्डर बन्छन् ।

त्यस्ता बच्चाप्रति हामीले धेरै निगरानी राख्नुपर्छ । किनभने किशोर उमेरमा पहिचानको संकट उत्पन्न भएर उसलाई डिप्रेसनतर्फ धकेल्न सक्छ । हतास मनस्थिति उत्पन्न भएर धेरै बच्चाले आत्महत्या गरेको उदाहरण समाजमा भेटिन्छ ।

– लिंग पहिचानको समस्या पुरानैः–

यो हाम्रो पिँढीमा मात्र होइन, पुरुष हुन् वा महिला भन्ने कुरा परापूर्वकालदेखि चलिआएको हो । १९ औं शताब्दीमा फ्रेन्च कलाकार क्लाँड काहुनले पनि यो चुनौती सामना गर्नुपरेको थियो ।

उनी लुसीका रुपमा जन्मेका थिए, पछि उनले आफ्नो नाम क्लाउड राखे । फ्रान्समा यो नाम महिला वा पुरुष दुवैले राख्छन् । आफ्नो लिंगबारे क्लाउडले भनेका थिए, ‘कहिले म पुरुष हुँ, कहिले महिला । वस्तु र परिस्थितिअनुसार भूमिका बदलिरहन्छ ।’

– धेरै जीवमा दुईभन्दा बढी लिंग हुन्छः–

विशेष गरी हामी तमाम जीवमा भाले र पोथी मात्र हुन्छ भन्ने ठान्छौं । भाले आफ्नै किसिमले प्रस्तुत हुन्छ भने पोथीले पनि त्यही आफ्नै किसिमको रुप प्रदर्शन गर्छिन् । लिंगअनुसारको व्यवहार सबैले गर्छन् ।

जस्तो मानिसमा केही समलिंगी हुन्छन्, कोही ट्रान्सजेन्डर हुन्छन् । त्यसैगरी अन्य जीवमा पनि केही भाले, कोही पोथी र कोही दुई लिंगे पनि हुन्छन् । ब्लुगिल सनफिसमा भाले नै तीन किसिमको भेटिन्छ । जब उसले विपरीत लिंगीलाई लोभ्याउने प्रयास गर्छ, त्यसबेला भाले साथी पनि झुक्किन्छ ।

– पुरुष र महिलाबाहेक नयाँ शब्दः–

नेपालीमा भाले र पोथी बुझाउनलाई पुरुष र महिला लेखिन्छ । अहिले तेस्रो लिंगीहरुले आफ्नो पहिचानका लागि बेग्लै शब्द चाहिने माग गरिरहेका छन् । राज्यले पनि उनीहरुका लागि अन्य भन्ने शब्द राख्ने गरेको छ ।

अंग्रेजीमा ‘ही’ र ‘सी’ पुरुष र महिलालाई बुझाउन प्रयोग गरिने शब्द हुन् । तर यो वर्षदेखि अमेरिकन डायलेक्ट सोसाइटीले तेस्रो लिंगीका लागि ‘दे’ शब्द प्रयोग गर्ने भएको छ ।

– यौनको आवश्यकता महसुस हुँदैनः–

संसारमा त्यस्ता धेरै मानिस सार्वजनिक भएका छन्, जसलाई यौनको आवश्यकता महसुस भएको छैन । समलिंगी विवाहले कानुनी मान्यता पाएपछि आफूलाई यौनको आवश्यकता हुँदैन भन्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

अमेरिकामा त्यस्तो मानिसहरुको संगठन छ, जसको सुरुवाती सदस्य ३ सय ९१ थियो, अहिले ८० हजार पुगेका छन् । उनीहरु एसेक्सुअल विभिविलिटी एन्ड एजुकेशन नेटवर्कमा आबद्ध छन् । अहिलेको जमाना त्यस्तो छ, हरेक कुरालाई यौनसँग दाँजेर हेरिन्छ । तर त्यो नेटवर्कका सदस्यहरु भन्छन्, आफू मात्र सुखी र खुशी रहन जीवनमा यौन त्यत्ति आवश्यक चीज होइन ।

– संसार मायाको शत्रुः

संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जसले एकपटक यौन सम्बन्ध राखेपछि प्रेममा मोहित हुन्छन् । अधिकांश मानिसहरु यौन सम्पर्क लुकाएर गर्छन् । तर सार्वजनिक रुपमा यौन सम्पर्क गर्नेहरु पनि भेटिन्छन् ।

त्यस्ता व्यक्तिलाई पोलिएमान्रस भनिन्छ । जो एकैपटक धेरैजनासँग माया साट्न चाहन्छन् । तर ती कुरा खुला समाजले स्वीकार गर्दैन् । जो खुलारुपमा यौन सम्पर्क गर्दै हिड्छ, उसलाई समाजले राम्रो मान्दैन । समाजले त्यस्ता व्यक्तिको रहस्य बाल्यकालदेखि नै खोज्न थाल्छ ।

त्यस्ता बच्चाको बाल्यकाल बेग्लै किसिमको पनि हुन्छ । आमा बुवाले बच्चाकै अगाडि सम्बन्ध राखेका हुन्छन् । उनीहरुले बेग्लाबेग्लै किसिमका व्यक्तिसँग भेटघाट गरिरहेका हुन्छन् । बाल्यकालमै उनीहरु भित्री संसारको बहुरंगी रुप देखेका हुन्छन्, अधिकांश त्यस्ता व्यक्ति यौनका बारेमा उदार हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्