अल्जाइमर के हो ? स्वस्थ जीवनको लागि आवश्यक जानकारी–



२५ कार्तिक २०७५, काठमाडौं

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ ।

यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ । यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन् ।

बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले दैनिक कामहरू खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता काम गर्न सक्दैनन् । अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ । मानिसको आयु बृद्दि संगै यो रोग यति ब्यापक हुदै गएको छ कि सन २०५० सम्ममा विश्व का १ प्रतिशत भन्दा वढि मानिसलाई अर्थात (प्रत्येक ८५ मा १ लाई) यसले गाज्ने अनुमान गरिएको छ ।

विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो । विस्मृति रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढंगले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन् । तत्कालैका घटना, फोन नम्बर, समयतालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन् । अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोररिहन्छ ।

कारक तत्त्वह–

–उमेर स् सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ ।
–लिङ स् यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ ।
–वंशाणुगत स् आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुज वंशमा रोग लाग्ने सम्भावना दुई(तीन गुणा बढी हुन्छ ।
–गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा ।
–उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्तिष्कमा रक्तसञ्चरण प्रभावित तथा अवरुद्ध भएमा ।
–डीप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई ।
–डिमान्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिती भएका बिरामीहरूलाई ।
–मानसिक निष्त्रिmयता भएका व्यक्तिहरूलाई ।
–कोही भाइरस, विषाक्त पदार्थ, धातु, विद्युत्, चुम्बकीय प्रभाव, धुम्रपान, अत्यधिक मद्यपान, कुपोषण आदिलाई पनि कारक तत्त्व मानिएको छ ।

क, पहिलो अवस्था–

–तत्कालीन घटना एवं कुराकानी बिर्सने ।
–सामान हराइरहनु, आफैँ हराइरहनु ।
– एकाग्रतामा कमी हुनु ।
–जटिल शब्द तथा वाक्यहरू सम्झिनु नसक्नु ।
–जोडघटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु ।
–हिडाइ असामान्य देखिनु ।
–एउटै कुरा बारम्बार दोहोर्याइरहनु ।
–डिप्रेसन हुनु ।
–दिनचर्या अस्तव्यस्त हुनु ।
–भाषिक समस्या हुनु। जस्तै( प्रचलित वस्तुको नाम भन्न नसक्नु ।
–एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु ।
–चिनेको बाटो बिर्सनु ।
–वक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु ।
–पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु ।
–सोचविचार एवं समीक्षा गर्न नसक्नु ।

ख, बीचको अवस्थाृसम्पादन गर्ने–

–तत्कालीन घटनाहरू बिर्सनु ।
–आफ्नो विगतका क्षणहरू बिर्सनु ।
–आफ्नो पहिचान बिर्सनु ।
–निन्द्रामा समस्या पर्नु, निन्द्रामा हिँड्नु ।
–पढ्न र लेख्न असजिलो हुनु ।
–राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु ।
–निर्णय क्षमता ह्रास हुनु ।
–अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु ।
–समाजबाट एक्लिनु ।
–मतिविभ्रम हुनु, वादविवाद गर्नु, कुटपिट एवं हिंस्रक हुनु ।
–भ्रम, अवसाद, सन्कने, रसि, चिन्ता, शंका, डर बढी हुनु ।
–आधारभूत कामहरू जस्तै( खाना बनाउने, कपडा छान्नेरलगाउने, नुहाउने आदि काममा अरूको सहायता खोज्नु ।

ग, गम्भीर अवस्थाृसम्पादन गर्ने–

–समवेदना हराउने, कुरा नबुझ्ने ।
–अडिन नसक्ने, लड्ने ।
–वजन घट्ने ।
–आफन्त, साथी एवं परविारका सदस्यहरूलाई नचिन्ने ।
–खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने ।
–खानेकुरा चपाउन तथा निल्न नसक्ने ।
–ओछ्यानमा थला पर्ने, दिसा–पिसाबको आ्छ्यानमै हुने ।
–चेतना हराउने ।

प्रतिक्रिया दिनुहोस्