सम्बन्ध : चेलीमाइतीको (भाइटिका विशेष)



२३ कार्तिक २०७५, काठमाडौं

सम्बन्धहरु अनेक किसिमका हुन्छन् ।

बच्चाहरुको आफ्नै खालको सम्बन्ध, युवायुवतीको आफ्नै खालको सम्बन्ध, धेरै मायाँ गर्ने प्रेमिल जोडिहरुका झनै छुट्टै सम्बन्ध । त्यस्तै श्रीमान् श्रीमतीका फरक किसिमको सम्बन्ध हुन्छन् त बुढाबुढीको सम्बन्ध अर्कै किसिमको ,

 

 

तर, त्यो सम्बन्ध अरु सम्बन्धहरुको भन्दा अलिक छुट्टै नै रहने गर्दछ । जुन, सम्बन्ध हो, भाईटिकाको चेली अनि माइतीको सम्बन्ध ।
चेलीमाइतीको सम्बन्ध सधैं एक अर्काको लागि अपूरणीय रहन्छ । जुन सम्बन्धमा रिस, डाह, भय, आरिस अनि त्रास कहिल्यै हुँदैन ।
जहाँ उनीहरु नतमस्तक हुन्छन्, एक अर्काको माँया प्रति, एकअर्काको स्नेहप्रति ।

यत्ति धेरै माँया लुकेको हुन्छ, त्यो सम्बन्धमा भनेर भन्न सकिन्न, नभए किन आउँथे? स्वर्गलोकबाट पृथ्वीमा रहेकी बहिनी यमुनालाई भेट्नु यमराज ? त्यहाँ एक अपार माँया छ । जुन माँया सधैं पबित्रताको घेराभित्र अटाएको हामी पाउँन सक्छौं ।

सयौं वर्ष अगाडी यमराज पाँच दिन आफ्नो बहिनी यमुना कहाँ बस्दा उनको स्वाभाव तथा सत्कारदेखि प्रसन्न भएर जे मन लाग्छ त्यहीँ माग भन्ने यमराजको प्रस्तावमा यमुनाको भनाईलाई सिरोधार्य गर्दै, चेलीमाइती भेट्ने गर्छन् जुन आजको दिन हो ।

आजको दिन दिदिबहिनीले आफ्ना दाजुभाईहरुलाई विशेष माँया विशेष स्नेहका साथ सप्तरंगीको टिका लगाईदिने गर्छन् । अनि दाजुभाईहरुले पनि उनीहरुलाई आफ्नो गच्छेअनुसार दिदिबहिनीहरुलाई दान दक्षिणा दिने गर्दछन् ।

 

दिदिबहिनीले हरुले दाजुभाईका लागि गरेको त्यो आरोग्यको भावहरु, ती तेलको घेरा नसुकी अनि मखमली नओईलिए सम्म रहिरहन्छ, भन्ने धार्मिक विश्वास रहिआएको छ ।

आजको दिन प्राप्त भएको आरोग्यता कहिल्यै पनि नाश भएर जाँदैन । किनकी यो दाजुभाई अनि दिदिबहिनीको सु सम्बन्धले भरिएको हुन्छ ।

नेपालीहरुको यो साँस्कृतिक परम्परा कहिल्यै ह्रास भएर नजाओस्, सुखी भएर अनि रमाईलोअनुभूती गरेर मनाउँनु सबैले, हर्षउल्लास छाओस्

शुभकामना,,,,,,,,,

प्रतिक्रिया दिनुहोस्