साहित्यकार विकलको ९१ अौ जन्मजयन्ती मनाइयो



२२ कार्तिक २०७५, काठमाडौं

यशस्वी आख्यानकार, कलाकार तथा संगीत मर्मज्ञ रमेश विकलको ९१ अौ जन्मजयन्तीका अवसरमा बिहिबार बिहान रमेश विकल चोक आरुबारी स्थित सालिकमा माल्यार्पण तथा अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थानपना गरिएको विकल बाल साहित्य पुरस्कार अर्पण गरि मनाइयो ।

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, प्रतिष्ठानका उपाध्यक्षद्वय के.के.कर्माचार्य र हेमनाथ पौडेल, सदस्यद्वय मातृका पोखरेल तथा रामप्रसाद पौडेल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि , साहित्यकार मेनका पोखरेल लगायत विभिन्न वक्ताले विकलद्वारा विवध क्षेत्रमा भएका बहुमुखी योगदान बारे चर्चा गरे ।

सोही कार्यक्रममा कवि त्रिलोचन आचार्य, ओमप्रसाद कोइराला , डिल्लीप्रसाद मुलतिहुनले विकलको स्मृतिमा कविता वाचन गरे ।

प्रतिक्रिया दिनुहोस्