पद्यरत्न तुलाधार ! न राष्ट्रले बिर्सनेछ न हामी नै विर्सन्छौं



२० कार्तिक २०७५, काठमाडौं

सबैले भन्छन् र भन्ने र सुन्ने गरेका पाईन्छ जीवन अमूल्य छ ! तर, जीवन तब मात्र मूल्यवान् हुन्छ, जब उसले आफ्नो उत्तरदायित्वलाई निभाउँदै लोककल्याणकारी कर्म गरेर ऊ आफु सबैमा प्रिय बन्छ ।

जीवनलाई हेर्ने र बुझ्ने मान्छेको आफ्नै दृष्टिकोण अथवा अनुभव हुन्छ । मानिस जन्मदेखि मृत्यूपर्यन्त कस्तो जीवन जीउँछ ? कस्तो कर्म गर्छ ? कसका लागि गर्छ ? र किन गर्छ ? यो चाहीँ महत्वपुर्ण पक्ष हो ।

जीवनमा जसले जेका लागि जति सत्कर्म गरेपनि अखिर उ पनि एक दिन मृत्युको शिकार बन्ने निश्चित छ । यस्तै हाम्रो राष्ट्रले यस्तो एउटा व्यक्तित्व गुमायो, जसले हामीलाई यो परिस्थितीसम्म ल्याए ।

उनी हुन् एक कुशल बामनेता, मानवअधिकारकर्मी तथा साहित्यकार पद्मरत्न तुलाधर । जसलाई हामीले कार्तिक १८ गते आईतबार गुमाईसक्यौँ ।

तुलाधर हाम्रो लागि साँच्चै नै प्रेरणाको श्रोत हुनुहन्थ्यो । उनी हामीसामु धेरै राम्रा कामहरुद्वारा सु परिचित भएका छन् ।

धेरै काम अनि परोपकारी काम गर्ने क्रममा उनी ०४३ सालमा तत्कालीन गृहमन्त्री जोगमेहेर श्रेष्ठलाई पराजित गर्दै पहिलोपटक जनपक्षीय उम्मेद्वारका रुपमा राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए ।

त्यसैगरी ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएका उनी त्यसपछि भने एक कुशल मानवअधिकारवादीकै रुपमा सू परिचित भए ।

तत्कालिन सशस्त्र माओवादी जनयुद्धदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देश आईपुग्दा उनले गरेका सत्कर्मको यहाँ चर्चा गरेर सकिँदैन । २०५२ साल फागुन १ मा माओवादीले हतियार उठायो ।

जनयुद्धका नाममा भएका निर्दोषहरुको हत्या, हिंसा, सर्वसाधारणमाथिको ज्यादतिविरुद्ध तुलाधरले एक्लैले आन्दोलनको राम्रो भुमिका निर्वाह गर्न सम्म भ्याए ।

त्यति मात्र नभई राजतन्त्र विरुद्धको एक सुत्रधारका रुपमा पनि उनलाई लिईन्छ । त्यसैगरी ऐतिहासिक १२ बुँदे सहमति, रोल्पा बैठक, बृहत सन्धी सम्झौता, नेपालको अन्तरिम संविधान २०६३, विभिन्न सहमति तथा सम्झौताहरुको निर्माण तथा कार्यान्वयनमा पनि उनी अग्रणी भुमिकामा आँउछन् ।

तुलाधर नेपाली राजनीतिका एक कुशल नेता तथा जिउँदा शहिद थिए । उनले राजनीतिक घट्नाक्रमलाई नजिकबाट नियाली त्यसको समाधानको उपाय तत्काल खोज्ने जमर्को गर्थे ।

वि.स. २०४६ सालमा वामपन्थी एवम् प्रजातान्त्रिक शक्तिबीच निरंकुश पञ्चायती व्यवस्था विरुद्ध एक भई आन्दोलन गर्न नसकेको स्थितीमा उनकै सहजीकरणमा तत्कालीन कम्युनिष्ट पार्टीका नेताहरु लगायत गणेशमान सिंह जस्ता नेतालाई सहमतिमा ल्याई एकै थलोमा पुर्याउने काम पनि उनीबाटै भयो ।

यसको अलावा ०४६ सालमै प्रजातन्त्र र मानवअधिकारको वहालीका निम्ति उनले खेलेका भुमिका पनि आज सम्म उल्लेखनीय छ । शान्ति प्रक्रियाका लागि तुलाधरले ०५९ सालमा यस्तो  एउटा फेसिलिटेटरको भुमिका खेले जसका कारण सरकार र तत्कालीन माओवादीबीचको वार्ता सम्भव भयो ।

वि.सं. २०६२ सालमा शान्तिका लागि नागरिक ऐक्यवद्धताको केन्द्रिय कार्यकारिणी सदस्य भएर तुलाधरले नागरिकहरुप्रति सराहनीय भूमिका निर्वाह गरे । त्यस्तै उनी शन्ति, संविधान र राज्य पूर्नसंरचनाका सहजकर्ता पनि हुन् ।

दलित महिला, जनजाती, मधेसी, मुस्लिम तथा कर्णालीबासीहरुलाई समान हैसियतमा हेर्नको लागि संयुक्त राष्टसंघमा वैकल्पिक प्रतिवेदन निर्माण गर्न देशको अधिकांश भागमा पुगेर सुझाव संकलन गर्ने काममा पनि पछि परेनन् पद्मरत्न ।

पद्मरत्नका भाषणहरुको सिडी ब्ल्याकमा विक्रि हुन्थे पञ्चायत कालमा । जनपक्षीय नेताका उम्मेद्वारका रुपमा पञ्चायत व्यवस्थालाई टेकेर बहुदलीय व्यवस्थाको शंखनाद गर्ने मध्येको उनलाई एक मानिन्छ ।

बहुदलको आगमनसँगैं यिनमा केही विचलनहरु देखिएपनि पछि उनी एक मानवअधिकारकर्मीका रुपमा चिनिन भनेपछि परेनन् । बहुदलमा उनी मानवअधिकारवादी र ०६३ तिर आन्दोलनमा नागरिक समाजका अगुवाका रुपमा परिचित भए ।

०३६ सालमा नेपाली कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको भारतमा मृत्यु भयो । त्यस शवलाई तत्कालीन पञ्चायती सरकारले नेपाल ल्याउन दिएनन् । तर त्यसलाई पछि तुलाधरकै अगुवाईमा नेपाल ल्याउन सफल भई पशुपति आर्यघाटमा अन्त्योष्टी गरिएको थियो । यसलाई बुझ्दा उनी एक शाहसी ब्यक्ति पनि थिए ।

उनी एक राजनीतिकर्मी मात्र नभएर एक साहित्यकार पनि हन् । उनले नेपाल सम्वत १०९७ मा आः जितः नं तनतन दयावल (अब मलाई पनि अलिअलि दया लाग्यो ) नामक ख्यालः जनसमक्ष ल्याएका थिए ।

त्यसैगरी नेपाल संवत १०८० मा न्हुम्ह जिचा भाजु ससलय (नयाँ ज्वाई ससुरालीमा) नेपाल सम्वत ११०४ मा ख्याः बछि नी बछि मा पाँच ख्याल तथा जिँ लातकि मा ख्याल छन् ।

त्यस्तै उनले खरदारया छेँ बजेट भाषण (दरिदारको घरमा बजेट भाषण) वा वल फय् बल (पानि पर्यो हुरी चल्या), ह्यो थकाली कि खेँ थकाली (हाँस जेठो कि अण्ठा जेठो) लगायतका अन्य थुपै हास्यब्यङ्ग्यात्मक साहित्यिक विधा प्रकाशनमा ल्याएका थिए ।

उनी ०३६ सालमा मंकाः खलका अध्यक्ष भई नेपाली भाषाको आन्दोलनको नेतृत्व गरेका थिए ।

यस्ता एक मूर्धन्य ब्यक्तिलाई हामी गुमाईसकेका छौं । उनले नेपाली समाजमा पुर्याएका योगदानलाई साक्षी राखेर उनको यो बाटोमा हामी लाग्नु अनिवार्य जस्तै बनेको महसुस गर्नपर्छ नेपालीहरुले ।

हुन त यहाँ अनेकौं शिशुको जन्म अनि सयौं परिपक्व व्यक्तिहरुको मृत्यु भईरहन्छ । तर, कुनै त्यस्तो खालको जन्म अनि केही त्यस खालको मृत्यु हुने गर्छ । जसको जन्मले खुशी छाउँछ भने कसैको मृत्युले दुखी मात्रै आउँदैन देश अनि जनतालाई हुनुसम्मको क्षती हुन्छ ।

यस्ता एक ब्यक्ति जुन देश अनि देशमा जीवित जनताहरुका लागि अमूल्य थिए ।

यस्ता ब्यक्ति देशले गुमाउँदै गर्दा आफुलाई पर्ने क्षतीलाई देशले सोच्न सके अनि उनको अनुपस्थितीमा आईपर्ने समस्याहरुलाई पनि सँगसगैं टार्न सके देश पक्कै पनि समृद्धिको बाटोतिर अगाडी बढ्नमा झुक्दैन । 

यस्ता एक मुर्धन्य ब्यक्ति जो आज हामीसामु हुनुहन्न । तर उनीबाट सिकिएको त्यो पाठ भने हामीलाई साच्चै नै महत्वपुर्ण छ । उनको यो अतुलनीय योगदानलाई सम्मान गर्दै उनीप्रति हार्दिक श्रद्धासुमन !!!

प्रतिक्रिया दिनुहोस्