मेमोग्राम के हो ? जसले स्तन क्यान्सर पत्ता लगाउँछ, अवश्य पढ्नुहोस्



१७ कार्तिक २०७५, काठमाडौं

स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ । यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर कम से कम दुई एंगलबाट स्तनको चित्र लिने गर्दछन् । नियमित चिकित्सकीय परीक्षणद्वारा स्तन क्यान्सरको सुरुवाती निदान गर्न मेमोग्राम अति नै आवश्यक हुन्छ ।

४० वर्ष पछि अथवा त्यो भन्दा पहिले यदि तपाईंलाई स्तन क्यान्सरको खतरा छ भने तपाईंले हरेक वर्ष मेमोग्राम गराउनु आवश्यक हुन्छ । यदि तपाईंको परिवारमा स्तन क्यान्सरको कुनै व्यक्तिगत अथवा पारिवारिक इतिहास छ भने डाक्टरले ४० वर्षको उमेरभन्दा पहिने नै स्क्रिनिङ्गद्वारा जाँच गर्न सुझाउनेछन् । यदि तपार्इंको डाक्टरले स्तनको हुनसक्ने क्यान्सर अथवा परिवर्तनको जाँच गर्नको लागि एउटा नियमित जाँचको रुपमा मेमोग्राम गर्नको लागि सुझाउनेछन् भने त्यस्तो प्रकारको जाँचलाई स्क्रिनिङ्ग मेमोग्राम भनिन्छ । यस प्रकारको जाँचमा प्रत्येक स्तनको दुई तरिकाले एक्स–रे गरिन्छ ।

यदि तपार्इंको स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन् । यदि तपाईंको स्तन प्रत्यारोपण भएको छ भने तपाईंलाई एउटा डाइग्नोस्टिक मेमोग्रामको आवश्यकता पर्दछ । डाइग्नोष्टिक मेमोग्राम स्क्रिनिङ्ग मेमोग्राम भन्दा कयौं गुणा राम्रो हुन्छ ।

मेमोग्रामको क्रमका केही एक्टीभिटीहरु–

1. तपार्इंलाई छाती तिरको स्तन वरिपरीको कपडा हटाउन भनिनेछ र अस्पतालद्वारा तपाईंलाई लगाउनको लागि गाउन उपलब्ध गराइनेछ ।
तपाईंलाई मेमोग्राम मसिनको नजिक उभिन भनिनेछ ।

2. प्रत्येक स्तनको कमसेकम दुई तरिकाले एक्स–रे गरी तस्वीर लिने गर्दछ ।

3. रेडियोग्राफर टेक्नोलोजिस्टद्वारा तपार्इंको स्तनलाई तल–माथि अथवा दायाँ–बायाँ गर्नुपर्ने हुन्छ । ताकि एक्स–रेको लागि सही ठाउँ छान्न सकियोस् ।

4. तपार्इंको स्तनलाई दुई समतल सतहबीच दबाउने गरिन्छ । जसले गर्दा तपाईलाई केही समयको लागि अप्ठ्यारो महशुस हुन सक्छ तर यसले गर्दा तपाईंलाई कुनै हानी पुग्ने छैन ।

5. तपार्इंलाई गहिरो सास लिन भनिनेछ र जवसम्म एक्स–रे लिइन्छ तबसम्म सास रोक्न भनिनेछ ।

6. यदि तपाईंले स्तन प्रत्यारोपण गराउनु भएको छ भने अलि बढी एक्स–रेको आवश्यकता पर्दछ र जाँच गर्न बढी समय लाग्नेछ ।

7. जाँचको परिणाम एक्स–रेद्वारा लिएको स्तनको तस्वीरद्धारा तपाईको डाक्टर कहाँ पठाइन्छ र रोगको निदान गरिन्छ ।

मेमोग्रामद्वारा लिएको तस्वीरले तपार्इंको स्तनमा भएको गाँठागुठी अथवा क्याल्सियमलाई खोज्न मद्दत गर्दछ । अधिकतम गाँठागुठी क्यान्सरको संकेत दिँदैन । यहाँ बीआई–आरएडीएस अथवा ब्रेस्ट इमेजिंग रिपोर्टिङ्ग र डाटाबेस सिस्टम नामक मेमोग्राम एक राष्ट्रिय निदान प्रणाली हो । यस प्रणालीमा सात श्रेणी हुन्छन् जहाँ शुन्यबाट ६ श्रेणीसम्म हुन्छन् । प्रत्येक श्रेणीमा यो बताइन्छ कि के स्तनको अतिरिक्त तस्वीर आवश्यक छ कि छैन अथवा स्तनको कुनै पनि क्षेत्र क्यान्सर मुक्त छ अथवा क्यान्सर युक्त हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्